भर्खरै प्रकाशित: राउत गाउँको रायोको साग बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त

गौरीशङ्कर क्याम्पसले विद्यार्थीको रुचिअनुसार सिप प्रदान गर्ने ।

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोट दोलखाले विद्यार्थीको रुचि अनुसारको तालिम व्यवस्थापन गर्ने भएको छ । क्याम्पसले पठनपाठनसंगै रुचिका क्षेत्र पहिचान गरी जीवनलाई उपयोगी बनाउन अतिरिक्त सिप प्रदान गर्न लागेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष अमृत राउतले बताउनुभयो ।

विद्यार्थीको रुचि क्षेत्र छनौट सम्पन्न भएपछि विभिन्न विषयगत सरोकारवालासंग समन्वय र सहकार्य गरेर तालिमको व्यवस्थापन गर्ने योजना गरेको अध्यक्ष  राउतको  भनाइ छ ।

“समयको मागलाई मध्यनजर गर्दै कमाउँदै पढ्दै गर्न विद्यार्थीलाई सहज होस् भन्ने उद्देश्यले तालिम व्यवस्थापनको योजना बनाएका हौ ।” क्याम्पस प्रमुख शान्त केसीले बताउनुभयो ।

कला सिप अन्तरगत नृत्य,गायन,वाद्यवादन,आर्ट र अभिनय रहेका छन् भने खेल समूह अन्तरगत भलिबल,फुटबल,टेबल टेनिस,व्याडमेन्टन,चेस,क्रिकेट,दौड,छेलो,ज्याम्लिन थ्रो,कवड्डि तालिम प्रदान गर्ने तयारी गरेको छ ।

क्याम्पसले जीवनोपयोगी सिप अन्तरगत वक्तृत्व तथा उद्घोषण,आधारभूत कम्प्युटर तालिम,ग्राफ्रिक डिजाइन,सिलाइ बुनाइ,फोटोग्राफी, अटोमोवाइल,व्युटीपार्लर,लोकसेवा तयारी लगायतका दर्जनौं सिपहरुको व्यवस्थापन गर्न लागेको छ ।

विद्यार्थीले रुचिका क्षेत्र पहिचान गर्दा बढीमा २ क्षेत्रमा मात्र सहभागी हुन पाउने छन् । हालसम्म २ सयभन्दा बढी विद्यार्थीले तालिमका लागि नाम दर्ता गराइसकेको क्याम्पसका लेखा प्रमुख राजकुमार सुवेदीले बताउनुभयो ।  लेखा प्रमुख सुवेदीकाअनुसार तालिमका लागि नाम दर्ता गराएका मध्ये सबैभन्दा बढी कर÷भ्याट सम्बन्धी कन्सल्टेन्सी तालिममा रुचि देखाएका छन् ।

क्याम्पसले  २०८० आश्विन मसान्तभित्र रुचिका क्षेत्र पहिचान गरिसक्न सूचना जारी गरेको छ ।

क्याम्पसले यसभन्दा अगाडि पनि विद्यार्थीका लागि ग्राफिक डिजाइन तथा उद्यमशीलता विकास सम्बन्धी तालिम प्रदान गरेको थियो । विभिन्न समयमा तालिम र सिप प्रदान गर्दै आएको क्याम्पसले रुचि क्षेत्र पहिचान भने पहिलो पटक अभ्यासमा ल्याएको हो ।

हिमाली जिल्लाकै सबैभन्दा ठूलो गौरीशंकर बहुमुखी क्याम्पसमा कक्षा ११ र १२ मा शिक्षा,मानविकी,व्यवस्थापन र कानुनका विषयको पढाइ हुने गरेको छ भने स्नातक तहमा विएड,विविएस र विए एवं स्नातकोत्तर तहमा एमएड र एमविएस कार्यक्रम सञ्चालन भइरहेका छन् । हाल क्याम्पसमा १ हजार ५ सय ३  विद्यार्थीहरु अध्ययरत छन् ।

Training Survey Form

 

 

 

राउत गाउँको रायोको साग
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  त्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...

अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाता

  विरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

.