जिल्ला सहकारी संघ दोलखा वागमती प्रदेशकै उत्कृष्ट संघ
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
जिल्ला सहकारी संघ दोलखा प्रदेशकै उत्कृष्ट संघ घोषित भएको छ । बागमती प्रदेश सहकारी संघको तेस्रो वार्षिक साधारण सभाको अवशरमा वागमती प्रदेशका संस्कृति,पर्यटन तथा सहकारी मन्त्रीले उत्कृष्ट संघको रुपमा पुुरस्कार प्रदान गर्नुभएको हो ।
कार्यक्रमको अवसरमा जिल्ला सहकारी संघका उपाध्यक्ष देवी प्रसाद शर्मा,महासचिव कृष्ण प्रसाद दहाल लगायतको जिल्लाको नेतृत्वलाई सम्मानसहित पुुरस्कार प्रदान गरिएको थियो ।
दोलखा जिल्लामा अधिकतम सहकारी संघसंस्थालाई आवद्ध गराउँदै सञ्चालन क्षमता विकासका साथै स्थानीय तथा प्रदेश नियामक निकायसंगको वहस र पैरवीमा खेलेको भुूमिकाको कदर गर्दै प्रदेश एवम जिल्ला सहकारी संघ र विषयगत संघ मध्येबाट दोलखा जिल्ला सहकारी संघ उत्कृष्ट सहकारीमा पर्न सफल भएको जनाइएको छ ।
वागमती प्रदेशका १३ सहकारी संघमध्ये दोलखा जिल्ला उत्कृष्ट सहकारीको रुपमा पुुरस्कृत भएको हो । दोलखा जिल्लामा ४ सय ५० को संख्यामा जिल्ला सहकारी संघमा सहकारीहरु आवद्ध रहेका छन् ।
भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...