मेलुङमा तीज विशेष लोकदोहोरी प्रतियोगिता
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
मेलुङ गाउँपालिका दोलखाले पालिका स्तरीय चेतनामूलक तीज विशेष दोहोरी गीत प्रतियोगिताको आयोजना गरेको छ । जोगाऔं संस्कृति, भड्किलो नबनाउँ हटाऊ विकृति भन्ने बोलको तीज विषेश दोहोरी प्रतियोगिता सम्पन्न भएको गाउँपालिका प्रवक्ता नवराज खड्काले जानकारी दिनुभयो ।
माइती र चेली बीचको सम्बन्ध प्रगाढ होस् भनेर मनाउने पर्व पछिल्लो समय भड्किलो बन्दै गएपछि सकारात्मक सन्देश दिने उद्देश्यले तीज विशेष दोहोरी प्रतियोगिताको आयोजना गरिएको पालिका उपाध्यक्ष गायत्री आचार्यले बताउनुभयो ।
धेरै अगाडिदेखि तीज मान्नु राम्रो नभएको र छोटो समयमा सबै टोल बस्तीमा पुग्न सम्भव नभएपछि पालिका मै प्रतिनिधिमूलक तीजको शुभकामना साटासाट गरिएको उपाध्यक्ष आचार्यको भनाइ छ ।
पालिका स्तरीय तीज विशेष दोहोरी प्रतियोगितामा मेलुङ वडा नं.१ महिला समूह पवटी प्रथम, वडा नं.७ द्वितीय, वडा नं.३ तृतीय र वडा नं.२ ले सान्त्वना स्थान प्राप्त गरेका छन् । प्रतियोगितामा प्रथम पुरस्कार १२ हजार, द्वितीय पुरस्कार ९ हजार,तृतीय पुरस्कार ६ हजार र सान्त्वना पुरस्कार ३ हजार र सहभागी समूहलाई २ हजार नगद र प्रमाणपत्र वितरण गरिएको पालिकाले जनाएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष हिरा थोकर,उपाध्यक्ष गायत्री आचार्य,प्रमुख प्रशासकीय अधिकृत सञ्जय शिवाकोटीले शुभकामना दिनुभएको थियो ।
राउत गाउँको रायोको साग
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...