भर्खरै प्रकाशित: गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि

एकीकृत निजामति ऐन जारी गर्न दोलखाका स्थानीय कर्मचारीको माग

1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

असोज ९

सरकारी सेवामा कार्यरत तामाकोशी गाउँपालिकाका स्थानीय तहका कर्मचारीहरुले एकीकृत निजामती ऐन जारी गर्न सरकारसँग माग गरेका छन् । स्थानीय तह हकहित मञ्च तामाकोशी गाउँपालिकाले मंगलबार दोलखाका प्रमुख जिल्ला अधिकारीमार्फत निजामती ऐनमा समेटिनु पर्ने बूँदासहितको ध्यानाकर्षण पत्र बुझाएको हो ।


गाउँपालिकाका  सरकारी सेवामा कार्यरत कर्मचारीले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा ऐन जारी नहुँदा मुलुकको सार्वजनिक प्रशासन अन्यौल र अस्थिरताको भूमरीमा फसेको उल्लेख गरेको छ । मुलुक संघीय व्यवस्थामा गएको लामो समयसम्म पनि संघीय शासन प्रणालीको कार्यान्वयनको लागि तीनै तहको कर्मचारी प्रशासन व्यवस्थापन एंव मार्ग दर्शन गर्ने छाता कानुनको रुपमा रहेको निजामती ऐन जारी नहुनु गम्भीर चिन्ताको विषय भएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । मञ्चले संघीय निजामती ऐनको सट्टा एकीकृत निजामती ऐन जारी गरिनुपर्ने, संघीय प्रदेश र स्थानीय सेवाको पदमा बहाल रहेका स्थायी कर्मचारीहरुलाई निजामतीको परिभाषा भित्र समेटिनुपर्ने,स्थानीइ तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीइ सेवाको नै रहने व्यवस्था,सरकारका तीनवटै तहमा प्रणाली  लागू गर्नुपर्ने माग रहेका छन् ।
१२ बुँदे ध्यानाकर्षण पत्रमा बढुवा,सेवाको सुरक्षा,स्थानीय तहका कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरण कोषको व्यवस्था,निजामति अस्पतालको सेवा सुविधामा स्थानीय तहका कर्मचारीलाई समाहित गरिनुपर्ने लगायतका मागहरु रहेका छन् । ध्यानाकर्षण पत्र बुुभदै प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले कर्मचारीका मागहरुप्रति पूर्ण समर्थन गर्दै सकारात्मक प्रतिक्रिया दिनुुभएको स्थानीय तह हकहित मञ्च तामाकोशीका रामकुमार कार्कीले बताउनुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुभयो ।

दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने
समदृष्टि अनलाइन संवाददाता

दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटनप्रर्वद्धन गर्न गर्ने उदेश्यले नयावर्ष...

ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त
समदृष्टि अनलाइन संवाददाता

दोलखा सदरमुकाम चरिकोटमा लामोसमयदेखी चुनौतीको रहेको ढल व्यवस्थापनको काम अघि बढेपछि बजारबासीलाई सहज भएको छ । एशियाली विकास बैकको...

सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग
समदृष्टि अनलाइन संवाददाता

  दोलखाको कालिञ्चोक गाउँपालिकामा गठन भएको सहकारी सञ्जालले प्रधानमन्त्री दैवीप्रकोष उद्धार कोषमा २ लाख ६ हजार ५ सय ४६...

९ बुँदे घोषणापत्रसहित सितली कार्यशाला सम्पन्न
समदृष्टि अनलाइन संवाददाता

  नेकपा एमाले दोलखाको ९ बुँदे घोषणापत्र सहित २ दिने सितली कार्यशाला सम्पन्न भएको छ । टोल र जनताका...

शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
समदृष्टि अनलाइन संवाददाता

  राष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...

क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाता

  विद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...

.