हाम्रो जनकल्याण सहकारीको अध्यक्षमा पुनः राजन श्रेष्ठ
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
हाम्रो जनकल्याण सहकारीको संस्थाको अध्यक्षमा पुनः राजन श्रेष्ठ चयन हुनुभएको छ । संस्थाको शनिबार चरिकोटमा सम्पन्न २६ औं साधारण सभाले पुनः श्रेष्ठकोे अध्यक्षतामा सर्वसम्मत नयाँ सञ्चालक समिति चयन गरेको हो ।
सञ्चालक समितिको उपाध्यक्ष मान बहादुर केसी,सचिव अनिल रिजाल,सहसचिव रामकृष्ण थापा,कोषाध्यक्ष शर्मिला थापा चयन हुनुभएको छ । सदस्यहरुमा उमा भुजेल,मेनुका तमाङ,देविका केसी,रामचन्द्र केसी,ज्ञानु तमाङ र मुकुन्द सापकोटा रहनु भएको छ ।
लेखा सुपरीवेक्षण समितिको संयोजकमा कृष्ण बहादुर थापा चयन हुनुभएको छ भने सदस्यहरुमा यादव दहाल र लक्ष्मी दहाल रहनु भएको छ ।
वागमती प्रदेश सभा सदस्य भरत बहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि केसीले सहकारीले उत्पादनमा लगानी गर्न सुझाव दिनुभयो । वचतले मात्रै शेयर सदस्यको जीवनमा सम्बृद्धि नआउने भन्दै सबै प्रकृतिका श्रमको सम्मान गर्दै उत्पादनमा लाग्न शेयर सदस्यलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा शुभकामना दिँदै नेफ्स्कुनका केन्द्रिय सञ्चालक एवम कार्यक्रमका विशेष अतिथि जीवसराज खड्काले हाम्रो जनकल्याणले नीति,विधि र प्रविधिमा रहेर काम गर्न सकेकै कारण एसियामै आफ्नो पहिचान बनाउन सफल भएको धारणा राख्नुभयो । उहाँले सहकारी वित्तीय अनुशासनमा रहेर काम गर्न सफल भएको छ । आगामी दिनमा भाखा नाघेको ऋण अशुल गर्न सके सहकारी थप अब्बल हुने उद्घोष समेत गर्नुभयो ।सहकारी संस्थाका अध्यक्ष राजन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम बागमती प्रदेश सभा सदस्य भरत बहादुर केसी, भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धर,प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला,सहकारी संस्थाका सल्लाहकार शिवप्रसाद भण्डारी,प्रमुख जिल्ला अधिकारी कोमप्रसाद धमला,सहकारी संस्थाका उपाध्यक्ष कमलप्रसाद चौलागाई र नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंकर चौलागाई लगायतले मन्तव्य व्यक्त गर्नुभएको छ।
साधारण सभामा संस्थाका सचिव मान बहादुर केसीले वार्षिक प्रगतिप्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष अर्जुन कार्कीले ८३ करोड ७९ लाख ४० हजार ८ सय ४७ रुपैयॉ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
साधारण सभाको अवसरमाप पुर्व सञ्चालकको सम्मान पूर्व अध्यक्ष तुलसी प्रसाद सुवेदीलाई प्रदान गरिएको छ भने उत्कृष्ट वर्ष सदस्य पुरस्कार प्रकाश थापालाई प्रदान गरिएको छ । दैनिक बचतकर्ताहरु रामजी बस्नेत,कृष्णकुमारी राउत, अनिल बस्नेत,ईश्वरीमाया श्रेष्ठ र देवी दाहाल, उत्कृष्ठ ऋण कारोवार गर्ने सिर्जना चौहान सुवेदी, भीम बहादुर खड्गीलाई सम्मान गरेको छ ।
मासिक बचतकर्ता तर्फ हेम बहादुर खड्का,लक्ष्मण श्रेष्ठ टिकाराम श्रेष्ठ, उत्कृष्ठ शेयर कारोवारतर्फ दिनेश थापा र श्याम बहादुर खत्री सम्मानित हुनु भएको भने प्रविधिगत पुरस्कार प्रकाश कार्कीले प्राप्त गर्नुभएको छ । सहकारीले शुशिला तमाङ र सिता थापा गौतमलाई उद्यमी महिला सम्मान प्रदान गरेको छ ।साधारण सभाको अवशरमा लोकदोहोरी,पौराणिक खैजडी भजन,विविध नृत्य र चिठ्ठा कार्यक्रम समेत कार्यक्रमका आकर्षण थिए ।
जिल्ला भरी कार्यक्षेत्र रहेको सहकारीमा हाल ९ हजार १ सय ६७ जना शेयर सदस्यहरू रहेका छन् । आगामी वर्ष १५ हजार सदस्य पुरयाउने सहकारीको योजना रहेको छ ।
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...