भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

जुनतारा कृषि सहकारीको वार्षिक साधारण सभा सम्पन्न

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

जुनतारा कृषि सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । भीमेश्वर नगरपालिका ३ मा रहेको कृषि सहकारी संस्थाको १४ ओैं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको हो ।
सहकारी संस्थाकी अध्यक्ष अनिता श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थाकी सचिव पार्वती श्रेष्ठले संस्थाको नीति तथा कार्यक्रमसहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष अञ्जु शिवाकोटीले ५ करोड ३४ लाख बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
भीमेश्वर नगरपालिका वडा नं ३ का वडाध्यक्ष हरिशरण शिवाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निर्वतमान अध्यक्ष प्रविण श्रेष्ठलाई सम्मान गरिएको छ भने उत्कृष्ट ऋणी, बालबचत कर्ता, उत्कृष्ट बचतकर्ता सम्मानित भएका छन् ।


कार्यक्रममा भीमेश्वर नगरपालिका वडा नं ३ का वडाध्यक्ष हरिशरण शिवाकोटी,सहकारीका सल्लाहकारहरु सरुणा बस्नेत,भुवन कुमार श्रेष्ठ,प्रविण श्रेष्ठ,मन कुमार श्रेष्ठ,कृषि ज्ञान केन्द्र सेवा कार्यालय चरिकोटका प्रमुख नन्दराज ओली,चरिकोट बहुउदेश्यीय सहकारीका अध्यक्ष विकास चौलागाईँ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको जुनतारा कृषि सहकारी संस्था सञ्चालक समिरा बस्नेतले बताउनुभयो । सहकारीमा हाल १ हजार २ सय ८० जना सदस्यहरु रहेका छन् ।

 

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.