भर्खरै प्रकाशित: राउत गाउँको रायोको साग बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त

अभावले आँट दियो,साहसले उद्यमी बनायोः शिव शिवाकोटी

1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

दोलखाको तत्कालीन सुस्पाक्षमावती गाविस हाल भीमेश्वर नगरपालिका १ का शिव शिवाकोटी अहिले सफल व्यवसायीका रुपमा परिचित हुनुहुन्छ । दोलखाको पहिलो र एकमात्र दिव्य प्लाई उद्योगका सञ्चालकका रुपमा रहनु भएका शिवाकोटी लामो समयको संघर्षपछि अहिले सफल व्यवसायीको रुपमा स्थापित बन्नुभएको हो । अहिले दिव्य प्लाई उद्योगमा २ सय जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् भने प्रत्यक्ष र अप्रत्यक्ष रुपमा यो उद्योगबाट १ हजारभन्दा बढी मानिस लाभान्वित भएको सञ्चालक शिवाकोटीको दावी छ ।
दैनिक १२ लाख बराबरको प्लाई दोलखाबाट विभिन्न जिल्ला निर्यात हुने गरेको छ । यो अवस्थासम्म आइपुग्दाका उतारचढाब निक्कै झेल्नु भएका शिवाकोटीको अनुभवमा उद्योग व्यवसायबाट सफल हुन लामो समय प्रतिक्षा गर्ने क्षमता हुनु पर्छ । “अहिलेका युवा आजको आजै नाफा खोज्छन्, त्यसैले विदेश दौडन्छन ।”उहाँले भन्नुभयो । उद्यममा जोखिम बहन गर्न सक्ने क्षमता र चुनौतिसंग सामना गर्ने आँट चाहिन्छ ।


शिवाकोटी १ वर्ष हुँदा बुबाको निधन भयो । आमाले दुुख गरेर एसएलसी सम्म पढाउनुभयो । उच्च शिक्षा पढ्ने आर्थिक अवस्था नभएपछि उहाँ रोजगारीको खोजी गर्दै १६ वर्षको उमेरमा साथीभाइसंग खासाको व्यापार तर्फ लाग्नुभयो । खासा व्यापार पछि होटल व्यवसाय पनि गर्नुभयो । फरक फरक व्यवसायले पनि सोचेजस्तो सफलता हात नपरेपछि फेरि खिम्ती हाइड्रोपावरमा ठेक्काको काम मिल्यो । त्यही समयदेखि व्यवसायमा परिपक्वता र अरुको विश्वास जित्न सक्ने क्षमताको विकास भयो ।
अरुको ठेक्कामा पेटीको काम गर्दै थिएँ ।  पछि आफैले लाइसेन्स लिएर आफै ठेक्काको काम गरे । उपकार निर्माण सेवा फर्म दर्ता गरेर सफल निर्माण व्यवसायी समेत बनें । त्यहीबाट धेरै कुरा सिँके । शिवाकोटी भन्नुहुन्छ,अभाव र आवश्यकताले मलाई नयाँ नयाँ काम गर्न सिकायो ।
खिम्तीबाट सिकेको अनुभवले आफै व्यवसायी बन्ने हुटहुटी चल्यो । २०५२ सालबाट थापा एण्ड शिवाकोटी फर्निचर उद्योग चरिकोटमै सञ्चालन गर्नुभयो । २०५७ सालमा दोलखामा पहिलो पटक काठ चिरान मेसिन ल्याएर काठ चिर्ने कामको शुरुवात पनि शिवाकोटीले नै गर्नुभएको थियो ।
वि.सं २०५८ सालमा काठ पेल्ने मेसिन तथा प्लाईका लागि कच्चा पदार्थ उत्पादन गर्ने मेसिन ल्याएर तामाकोशीको गोपी खोलामा सञ्चालन गर्नुभयो तर तत्कालीन द्धन्दकालको समय भएकाले निक्कै चुनौतिपूर्ण रह्यो । उक्त मेसिन २ वर्ष पछि चरिकोट नै सारियो । त्यो बेला दोलखामा उत्पादित कच्चा पदार्थ नेपालगञ्ज,ढल्केबर,वनेपा,पनौति सम्म निर्यात हुन्थ्यो ।


उद्यमले झनै आँट बढायो । व्यवसाय सिमित गर्न मन लागेन । सफल काष्ठ व्यवसायी बालकृष्ण शिवाकोटी लगायत सफल उद्यमी व्यवसायीहरुको सुझाव र सरसल्लाहमा भीमेश्वर नगरपालिका वडा नं ७ मकैबारीमा दिव्य प्लाई उद्योग सञ्चालन गर्ने छलफल भयो । सम्भावना अध्ययन गरे पछि उद्योग सञ्चालन गर्ने सहमति पनि जुट्यो। २०६८ साल फागुनबाट प्लाई उत्पादन कार्य शुरुभयो ।
उहाँ भन्नुहुन्छ,दोलखाको उत्पादनमा नयाँ क्रान्ति नै भयो । दोलखाको एक मात्र प्लाई उद्योगको रुपमा स्थापित हुनु दोलखालीको लागि सुखद कुरो थियो । शिव शिवाकोटी लगायत दोलखाका ३ र अन्य जिल्लाका ६ जना गरी ९ जनाको प्रत्यक्ष लगानीमा उद्यमको विस्तार भयो । हाल अरनिको राजमार्गसंगै जोडिएको लामोसाँगु जिरी सडकखण्डको मकैबारीमा ३० रोपनी क्षेत्रफलमा उक्त उद्योग सञ्चालनमो छ । दैनिक प्लाईका कच्चा पदार्थदेखि प्लाई उत्पादन र विभिन्न फर्निचरका सामग्री उत्पादन हुँदै आएको छ ।
उद्योगमा हाल २ सयभन्दा बढी नागरिकले प्रत्यक्ष रोजगारी पाएका छन् । जसमध्ये ३५ जना महिला रहेका छन् । ४० भन्दा बढी भारतीय नागरिकले समेत उद्योगमा रोजगारी पाएका छन्् । २ सय जना श्रमिकहरु २० हजारदेखि ७५ हजार रुपैयासम्म मासिक तलब लिन्छन् ।”अझै कामदारको खोजीमा छौ । विदेशमा जतिसुकै तल्लो स्तरको काम गर्न पनि हामी तयार छौं तर यहाँ अलिकति पढेका मानिस काठ उद्योगमा काम गर्न लाज मान्छन्,”सञ्चालक शिवाकोटीले भन्नुभयो ।

उद्योगले रोजगार मात्र दिएको छैन् दोलखामा लाखौ रुपैया आम्दानी भएको छ । उद्योग परिसरमा होटल व्यवसाय समेत राम्रो चलेको छ । विद्युत प्राधीकरणलाई मात्र मासिक ४ लाख विद्युत महशुल र सरकारलाई २५ लाख राजस्व तिर्दै आएको उद्योगको भनाई छ ।
अहिले वार्षिक १० करोड भन्दा बढी मूल्यको काठ निजीआवादी वनले उद्योगलाई दिँदै आएको छ । दोलखा र रामेछापका निजीआवादी वनबाट काठको आपूर्ति हुने गरेको छ । ७० प्रतिशत दोलखाको काठ प्रयोग हुने गरेको सञ्चालकको भनाइ छ ।
उत्पादन गर्न सके बजारको खाँचो छैन् । अझै बजारको माग अनुसार उत्पादन गर्न सकेका छैनौं । सामुदायिक वन क्षेत्रमा दिगो वैज्ञानिक वन व्यवस्थापन कार्यान्वयन भएको खण्डमा काठको सहज आपूर्ति हुने र उद्यमको विकास अझै व्यापक हुने शिवाकोटीले बताउनुभयो ।
प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हेर्ने हो भने उद्योगले हजारौलाई फाइदा पुगेको छ । जिल्लामा अरु पनि धेरै सम्भावना छन् । जागिर खाने मात्र होइन, खुवाउने तर्फ लाग्न युवालाई उहाँको आग्रह छ ।

राउत गाउँको रायोको साग
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  त्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...

अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाता

  विरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

.