लोक दोहोरी र भजनसहित जनकल्याणको साधारण सभा
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
पुराना लोकसंस्कृति हराउँदै गएको बेला हाम्रो जनकल्याण सहकारी संस्था दोलखा भने स्थानीय कला संस्कृतिको संरक्षणलाई प्राथमिकता दिँदै आएको छ । विगतका वर्षमा जस्तै यो वर्षपनि सहकारीले खैजडी भजन र लोकदोहोरी सहितको २६ औ वार्षिक साधारणसभा सम्पन्न भयो ।
पुराना पुस्तामा रहेका मौलिक लोक संस्कृति लोप हुने अवस्थामा पुगेका बेला सहकारीले खैजडी भजन र लोक दोहोरीलाई विभिन्न कार्यक्रममा उपस्थित गराएर प्रस्तुतिको अवशर दिने गरेको छ ।
अहिले पुरानो पुस्ता र नयाँ पुस्ताबीचको सिप हस्तान्तरणको अभाव भएकाले पुराना कला तथा संस्कृतिको संरक्षण गर्नु सहकारीको पनि दायित्व भएको सहकारीका अध्यक्ष राजन श्रेष्ठले बताउनुभयो ।
“जिल्लामा धेरै मौलिक, कलासंस्कृति रहेका छन् । जेष्ठ सदस्यको यसमा चासो र चिन्ता पनि छ । जेष्ठजनको खुसी अनि संस्कृतिको सम्मानका लागि विगतका वर्षदेखि खैजडी भजन प्रस्तुतिलाई हामीले प्राथमिकतामा राखेका छौ । यसलाई संरक्षण नगर्दा धेरै संस्कृति लोप हुने अवस्थामा पुगेका छन्, यसको संरक्षण तथा संवद्र्धन गर्नु हाम्रो पनि कर्तव्य हो ।”सहकारीका प्रमुख कार्यकारी अधिकृत दिपकबस्नेतले भन्नुभयो ।
सहकारीले दोलखा बोचका १५ जना भजन टोलीलाई नेपाली दौरा सुरुवाल र ढाका टोपी सहितका पोशाक सहयोग गरेको छ । सहकारीले दिएको एउटै पोशाक लगाएर विभिन्न कार्यक्रममा सहभागी हुन्छौं ‑ भजन टोलीका अगुवा ८४ वर्षीया जेष्ठ नागरिक गंगाधर रेग्मीले खुसी व्यक्त गर्नुभयो ।
“सबैले हेला गरेको पौराणिक भजनलाई हाम्रो जनकल्याण सहकारीले प्राथमिकता दिएर प्रत्येक कार्यक्रममा स्थान दिँदै आएको छ । हामी खुसी छौं ।”अर्का जेष्ठनागरिक अर्जुन रेग्मीले बताउनुभयो । आजको पुस्तामा हस्तान्तरण गरेर मर्न पाए हुन्थ्यो । उहाँले विद्यालय तहबाटै सिकाउन पाए केही भएपनि संरक्षण हुने अपेक्षा गर्नुभयो । “यो वातावरण सहकारीले बनाउँछ कि भन्ने आशा लागेको छ ।”उहाँले आशाको भाव प्रकट गर्नुभयो ।
दोलखा जिल्लाभर कार्यक्षेत्रर रहेको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थामा ९ हजार सदस्य रहेका छन् । तीमध्ये बोचका भजन टोलीका सबै सदस्य सहकारीमा आवद्ध रहेका छन् ।
सहकारीले भजनमात्र नभएर २६ औं साधारण सभामा लोक दोहोरी कार्यक्रमको समेत आयोजना ग¥यो । लोक दोहोरीको मिठासमा सबै शेयर सदस्यले मनोरञ्जन मात्र लिएनन् । सहकारीमाथि थप विश्वास र सेवा सुविधाका बारेमा दोहोरीबाटै प्राप्त गरे ।
दोहोरी गीत र पौराणिक भजन आजको पुस्ताले वेवास्ता गर्दै गएको समयमा सहकारीले भने लोक दोहोरी र पौराणिक भजनलाई नै सन्देशको राम्रो माध्यम बनायो ।
अन्त जाँदा होला है डर मर्दो
जनकल्याण सबभन्दा भरपर्दो
भन्दै केटा पक्षले शुरुवात गरेको लोक दोहोरीमा
वचत गर्न काँ जाने होला ?
जाँ पायो त्यही सुरक्षित नहोला
भन्दै केटी पक्षले दिने प्रश्नोत्तरको मिठा र मनोरञ्जपूर्ण शैलीलाई दर्शकले निकै स्वाद मानेर सुने । “मनोरञ्जन पनि भयो सहकारीको बारेमा जानकारी पाएसंगै थप उत्प्रेरणा पनि जाग्यो ।”मादलको तालमा घन्काइएको दोहोरी गीतले हाम्रो संस्कृतिलाई सम्झायो ।“कार्यक्रममा सहभागी शेयर सदस्य कल्पना कार्कीले भन्नुभयो ।
सहकारीले अर्को वर्ष १५ हजार शेयर सदस्य पु¥याउने योजना पनि गीतबाटै सुनाइएको थियो । हाम्रो जनकल्याण सहकारी संस्थाका सूचना अधिकारी पर्वत न्यौपानेको शब्द रहेको लोक गीतले सहकारीका सेवा र सुविधालाई पनि निकै आकर्षक रुपमा प्रस्तुत गरेको थियो । कार्यक्रममा मन्तव्यको समयमा चहलपहल,होहल्ला गरिहाल्ने दर्शकहरु लोक दोहोरीलाई भने निक्कै ध्यानपूर्वक सुन्दै थिए ।
खाजा खर्च लिएर बेलैमा घर फर्कन हतारिने शेयर सदस्यलाई सहकारीको यो विविधताले झण्डै बेलुकीसम्मै रोकेर राख्यो । सहकारीको यो नयाँ कार्यशैलीले शेयर सदस्यको मन जित्न सहयोग गरेको भन्दै कार्यक्रमका सहभागीले खुलेर प्रशंसा गरेका थिए । ।
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...
बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददातानेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...
दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...
कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाताकालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...