जिल्ला प्रशासनलाई अनेरास्ववियुको ध्याकर्षण पत्र
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन दोलखाले सार्वजनिक महत्वका विषयमा जिल्ला प्रशासन कार्यालय दोलखामा ध्यानाकर्षण पत्र बुझाएको छ । विद्यार्थीलाई दिइने भाडा छुट लगायतका विषयमा जिल्ला प्रशासन कार्यालय दोलखामा ध्यानाकर्षण पत्र बुझाइएको अनेरास्ववियू दोलखाका अध्यक्ष रामचन्द्र केसीले बताउनुभयो ।ध्यानाकर्षण पत्र बुभदै दोलखाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले माग पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
अनेरास्ववियु दोलखाले विद्यार्थी भाडा छुट कार्यान्वयन गरिनुपर्ने, यात्रुले सहजै देख्ने गरी भाडादर सार्वजनिक गर्नुपर्ने, यात्रुलाई अनिवार्य टिकट दिनुपर्ने, फोहोर व्यवस्थापनका लागि अनिवार्य सवारी साधनभित्र डस्बिनको व्यवस्था गर्नुपर्ने र नेपाल सरकारको मापदण्ड अनुसार भाडादर कायम गर्न माग गरिएको अनेरास्ववियु दोलखाका सहसचिव विष्णुराज गुरुङले जानकारी दिनुभयो ।दोलखा जिल्लामा सञ्चालनमा रहेका पूर्व अरानको याश्यात, रोल्वालिङ यातायात तथा विद्युतीय सवारी साधनले विद्यार्थीलाई दिँदै आएको ४५प्रतिशत छुट पूर्ण रुपमा कार्यान्वयन गरिनु पर्ने, चरिकोट सिगटी र चरिकोट जिरी सडकखण्डमा सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनले लिंदै आएको भाडादर नियमअनुसार हुनु पर्ने भन्दै २०८० जेठ १४ मै ध्यानाकर्षण पत्र बुझाएपनि कार्यान्वयन नभएको भन्दै अनेरास्ववियु दोलखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।अनेरास्ववियूले उठान गरेका सार्वजनिक महत्वका विषयमा सरोकारवाला निकायले ७ दिनभित्र माग पूरा नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनी ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
राउत गाउँको रायोको साग
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...