गौरीशङ्कर क्याम्पसको अनुसन्धानमूलक पहिलो जर्नल विमोचन
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोटको प्रकाशन रहेको अनुसन्धानमा आधारित जर्नल एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको छ । १३ वटा अनुसन्धानमूलक लेखहरु समेटिएको जिएस स्पार्क नामक जर्नल शनिबार जिल्ला समन्वय समितिका प्रमुख वर्जुराम घतानीले विमोचन गर्नुभएको हो ।
पुस्तक विमोचन गर्दै प्रमुख घतानीले आफूलाई रुपान्तरण गर्न नसक्दा शिक्षा क्षेत्र ओरालो लागेको गुनासो गर्नुभयो । युवाको विदेश पलायनता शिक्षा क्षेत्रको चुनौति भएको भन्दै जिम्मेवार व्यक्तिले शैक्षिक क्षेत्रमा विश्वासको वातारण बनाउन पनि उहाँले आग्रह गर्नुभयो ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष अमृत राउतको अध्यक्षतामा भएको कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगर प्रमुख इश्वरनारायण मानन्धर, प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकर,क्याम्पस सञ्चालक समिति सदस्य एवम क्याम्पस सेवा समितिका संयोजक शङ्करलाल श्रेष्ठ,क्याम्पस सञ्चालक समिति सदस्य रमेश खतिवडा लगायतले मन्तव्य राख्नुहुँदै अनुसन्धानले ज्ञान बृद्धिसंगै देश विकासमा सहयोग पुग्ने धारणा राख्नुभयो ।
कार्यक्रममा पुस्तकका प्रधान सम्पादक अञ्जय कुमार मिश्रले जर्नलको समग्र पद्धति र महत्वका विषयमा प्रकाश पार्नु भएको थियो । क्याम्पसलाई अनुसन्धान हबको रुपमा विकास गर्ने योजना अनुरुप जर्नल प्रकाशनको कार्य शुरु गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष अमृत राउतले बताउनु भयो ।
उहाँले क्याम्पसले विभिन्न सामाजिक विज्ञानमा आधारित रहेर अनुसन्धान गर्ने,वौद्धिक नेतृत्व उत्पादन गर्ने ,ज्ञानको खोज गर्ने सक्षम क्याम्पस बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
‘जर्नल अफ अप्लाईड एकेडेमिक डिस्कोर्स’ नामाकरण गरिएको जर्नल दोलखाकै पहिलोे भएको क्याम्पसले बताएको छ ।
कार्यक्रममा जिल्लाका गाउँपालिका प्रतिनिधि,विभिन्न संघसंस्थाका प्रमुख एवम प्रतिनिध,सञ्चालक, क्याम्पसका प्राध्यापक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...