भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

जनसचेतन सहकारीको ३१ औं स्थापना दिवस सम्पन्न ।

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

असोज २२–
तारादेवी बस्नेत
जनसचेतन बचत तथा ऋण सहकारी संस्था देशकै उत्कृष्ट सहकारी संस्था भएको बागमती प्रदेश बचत तथा ऋण सहकारी संस्थाका सचिव भिमप्रसाद दाहालले बताउनु भएको छ।
दोलखाको बैतेश्वर गाउँपालिकाका मैनापोखरी मुख्य कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाका ३१औ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सहकारी संस्थाका पूर्व अध्यक्ष समेत रहनु भएका दाहालले नेपालमा रहेका तीस हजार सहकारी संस्था मध्ये जनसचेतन साकोस देशको उत्कृष्ट सहकारी भएको दावी गर्नु भएको हो ।
अध्यक्ष दहालले नीति,विधि,नियम अनुसार चल्ने सहकारीको रुपमा जनसचेतन देशभरीकै पिता सहकारी भएको समेत बताउनु भयो।
संस्थाका अध्यक्ष हेमन्त कुमार चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रम वडा नम्वर ४ का वडा अध्यक्ष कुमार चौलागाईं, वडा नम्वर ५ वडा अध्यक्ष भुवन घिमिरे ,सहकारी संस्थापक सदस्य तथा तदर्थ समितिका सचिव पुन्यप्रसाद घिमीरे ,जलदेवी माध्यामिक विद्यालयका प्रधानाध्यापक गीताकुष्ण शर्मा,जनमुखी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष माधवप्रसाद दाहाल, संस्थाका सचिव कमलप्रसाद दाहाल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
स्थापना दिवसको अवसरमा संस्थापक सदस्यहरुलाई सम्मान गरिएको थियो।
२०५० साल असोज २२ गते ३४ जनाबाट सुरु गरिएको सहकारीमा हाल बाल शेयर सदस्यहरु सहित ३९ हजार ९सय ६९ जना शेयर सदस्य रहेका छन् । गत भदौ मसान्त सम्म कुल पूँजी २,३६,६८,९५,४३२.६४ रहेको संस्थाले जनाएको छ ।

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.