भर्खरै प्रकाशित: भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत मेरी फुपू,सबैकी फुपू निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण व्युटीसियन हुदै वडासदस्यसम्मको जिम्मेवारी सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम

बजार अनुगमन गर्दै मेलुङ गाउँपालिका

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

मेलुङ गाउँपालिकाले बजार अनुगमन कार्यलाई तीव्रता दिएको छ । मेलुङ गाउँपालिका भित्र रहेका ६ वटा वडामा रहेका बजारको अनुगमन गरिएको हो । गाउँपालिका उपाध्यक्ष गायत्री आचार्यको नेतृत्वमा बजार अनुगमन सम्पन्न गरेको छ भने अनुगमनका क्रममा म्याद सकिएका खाद्यबस्तु अनुगमन समितिले फेला पारेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका बासीको स्वस्थ खाद्य अधिकार सुनिश्चित गर्नु स्थानीय सरकारको दायित्व भएकाले बजार अनुगमनलाई प्राथमिकतामा राखेर कार्यक्रमको शुरुवात गरिएको उपाध्यक्ष आचार्यको भनाई छ ।
म्याद गुज्रिएका खाद्य पदार्थमा सबै भन्दा बढी भुजा, पीठो, बिस्कुट,पानी, कुरकुरे, बेसार,मसला, दालमोठ लगायतका सामग्रीको म्याद गएको भेटिएको छ । व्यवसाय दर्ता र नवीकरणको पनि त्यतिकै समस्या रहेको पालिकाले जनाएको छ ।
अनुगमनका क्रममा व्यवसाय दर्ता नवीकरण,पसलको सरसफाई,म्याद गुज्रिएका सामान नष्ट गर्ने,मूल्यसूची राख्ने लगायतका काम तत्काल गर्न गाउँपालिकाले सुझाव दिएको छ । गाउँपालिकाले दिएको सुझावलाई अटेर गरे कानुनी प्रक्रियामा जान वाध्य हुने उपाध्यक्ष आचार्यले चेतावनी समेत दिनुभएको छ ।
छुटेका र अनुगमन टोली पुग्दा बन्द रहेका व्यवसायमा पुनः अनुगमन गर्ने पालिकाको योजना छ । हाल सम्म पालिका ५० भन्दा बढी पसल अनुगमन गरिएको छ । अनुगमन गर्न वाँकी रहेको वडा नं ७ मा पनि तत्काल अनुगमनको कार्यक्रम सञ्चालन गर्ने पालिकाको भनाइ छ । अनुगमनमा गाउँपालिकाका प्रतिनिधि,जिल्ला प्रशासन कार्यालय,प्रहरी कार्यालय र घरेलु कार्यालयको प्रतिनिधित्व रहेको थियो ।

भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...

भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...

मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...

निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाता

  शान्ति निहारिकाद्वारा लिखित  “चट्याङको मूर्च्छना” उपन्यास  लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...

सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददाता

मन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...

मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददाता

पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...

.