भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

दोलखाको शैलुङमा प्रअ भत्ता फिर्ता

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

दोलखाको शैलुङ गाउँपालिकाका सबै विद्यालयका प्रधानाध्यापकले प्रअ भत्ता सरकारलाई फिर्ता गरेका छन् । शैलुङ गाउँपालिकामा रहेका ३२ विद्यालयका प्रधानाध्यापकको आर्थिक वर्ष २०८०÷८१ को २८ हजार ८ सय रुपैया प्रथम त्रैमासिक भत्ता भौचर काटेर नेपाल सरकारलाई फिर्ता गरेको दुर्गा माध्यमिक  विद्यालय मागापौवाका प्रधानाध्यापक बालकृष्ण दहालले बताउनुभयो ।
सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको भत्ता संसोधनका विषयमा पटक पटक ध्यानार्षण गराएपनि सम्बोधन नभएपछि ध्यानाकर्षण स्वरुप प्रधानाध्यापकको भत्ता फिर्ता गरिएको प्रअ दहालको भनाइ छ । शिक्षकहरुका लागि पञ्चायत कालमा तोकिएको सेवा सुविधामा सुधार नभएकोले आगामी दिनहरूमा पनि यथोचित सम्बोधन नहुदा सम्म यो अभियान निरन्तर रहने शैलुङका प्रधानाध्यापकहरुको गुनासो रहेको छ ।
नेपाल सरकारले माध्यमिक तहका प्रधानाध्यापकको मासिक ५ सय आधारभूत तह ३ सय र प्राथमिक तह ३०० रहेको छ । आर्थिक वर्ष २०८०÷८१ को निकासा भएको प्रथम त्रैमासिक प्रअ भत्ता शैलुङ गाउँपालिकाको खातामा नै भौचरसहित फिर्ता गरिएको हो ।
शैलुङ गाउँपालिकामा ९ माध्यमिक विद्यालय,५ आधारभूत विद्यालय र प्राथमिक विद्यालय १८ रहेका छन् । आज प्रधानाध्यापकहरुले गाउँपालिका अध्यक्ष रिमालबाबु श्रेष्ठलाई उक्त भौचर बुझाएका हुन् ।

 

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.