भर्खरै प्रकाशित: राउत गाउँको रायोको साग बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त

चरिकोटमा देवीभागवत महापुराण शुरु ।

1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

दोलखा सदरमुकाम चरिकोट सातदोबाटोमा श्रीमद् देवीभागवत महापुराण आजबाट सुुभारम्भ भएको छ । दोलखा सदरमुकाम चरिकोटमा धार्मिक पर्यटन विकास गर्ने उद्धेश्यले महापुराण सञ्चालन गरिएको पूजा व्यवस्थापन समिति दोलखाले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय संस्कृति प्राध्यापक एवम वरिष्ठ संस्कृतिविद् डाक्टर निर्मला पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै डा पोखेरले विश्व शान्तिका लागि संस्कृति संरक्षण आवश्यक भएको धारणा राख्नुभयो । पुराण,चाडपर्व,धर्म,तीर्थव्रतले काम,क्रोध,लोभ,मोह व्यवस्थापन गर्न सहयोग गर्ने भएकाले संस्कृतिको निरन्तरतामा जोड दिनुभयो । उहाँले भन्नुभयो,“संस्कृतिका वाहक महिला हुन् । हरेक व्यवहारमा चासो राख्नुपर्छ,अनि मात्र उत्तरमा वैज्ञानिकता भेटिन्छ । महिलाले अनुशासनमा बसेर कडा मेहनत गर्नुपर्छ । असल कर्म गर्ने प्रत्येक नारी नै देवी हुन् ।”
उहाँले ज्यादा मेहनती हुने मानिस पुज्य हुन्छ । आफूलाई चिन्नेकाम सबैभन्दा ठूलो भएको भन्दै कर्मयोग सिकाउन पुराणको महत्व औल्याउँनुभयो ।

दुर्गा पूजा व्यवस्थापन समिति अध्यक्ष कृष्ण बहादुर गौतमको अध्यक्षतामा सम्पन्न पुराण उद्घाटन कार्यक्रममा पुर्व मन्त्री पार्वत गुरुङ,नेकपा एमालेका नेता बालकृष्ण शिवाकोटी, नेपाली काँग्रेसका नेता केशवराज चौलागाईँ,प्रमुख कथा वाचक घनश्याम ढकाल,वरिष्ठ कलाकार मदनदास श्रेष्ठ,नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दीपशङ्कर चौलागाई लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा दुर्गा पूजा व्यवस्थापन समितिका सचिव बालकृष्ण आचार्यले स्वागत तथा सहसंयोजक श्यामकृष्ण थापाले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यस अगाडि पञ्चेवाजा,नवकन्याको कलश यात्रा,खैजडी भजन,धिमेबाजा,सुरक्षाकर्मी,दोलखा चेम्बर्स अफ कमर्सका टोली र विभिन्न श्रद्धालुभक्तजनहरुको बाक्लो उपस्थितिमा कलश यात्रा सम्पन्न गरिएको थियो । श्रीमद् देवीभागवत महापुराण घटस्थापनाबाट शुरु भई नवमीका दिनसम्म हुने छ ।

 

राउत गाउँको रायोको साग
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  त्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...

अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाता

  विरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

.