गौरीशंकर क्याम्पसमा व्यवसाय प्रवर्द्धन केन्द्र उद्घाटन ।
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोटमा भीमेश्वर व्यवसाय प्रवद्र्धन केन्द्र उद्घाटन भएको छ । क्याम्पसमा स्थापना गरिएको अनुसन्धान केन्द्र तथा भीमेश्वर व्यवसाय गौरीशंकर क्याम्पसमा व्यवसाय प्रवद्र्धन केन्द्र उद्घाटन ।केन्द्र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आइतबार एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले दोलखालाई पर्यटकीय जिल्लाको रुपमा विकास गर्न क्याम्पसले अनुसन्धानमूलक कार्यलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । उहाँले राजधानी नजिकै रहेको हिमाली जिल्ला दोलखा पर्यटनको प्रचुर संम्भावना रहेको भन्दै पर्यटकीय जिल्लाको रुपमा विकास गर्न अनुसन्धानसंगै व्यवसाय प्रवद्र्धनका कार्यक्रम सञ्चालन प्रभावकारी हुने बताउनु भएको हो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष अमृत राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत,क्याम्पस सञ्चालक समिति निवर्तमान अध्यक्ष राजेन्द्र मानन्धर,क्याम्पसका पूर्व क्याम्पस प्रमुख कृष्ण बहादुर बस्नेत, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशंकर चौलागाईँ, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि बाबुकाजी बस्नेत,नेकपा माओवादी केन्द्रका नेता सुब्बा श्रेष्ठ,नेकपा समाजवादीका नेता दिपक धनुके,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल दोलखाका अध्यक्ष नवराज श्रेष्ठ लगायतले शुभकामना दिनु भएको थियो ।
क्याम्पसले कक्षा ११ र स्नातक तहका नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा सम्मान गरेको थियो ।
कार्यक्रमको अवसरमा बिजया दशमी तथा शुुभ दिपावलीको अवशरमा शुभकामना आदानप्रदानसंगै विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।
राउत गाउँको रायोको साग
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...