भीमेश्वर मन्दिरमा डस्विन वितरण
12 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाताजनसचेतन साकोस दोलखाले भीमेश्वर मन्दिर परिसरमा डस्विन वितरण गरेको छ । मन्दिरमा आउने यात्रुुहरुले फालेको फोहोर व्यवस्थापनका लागि १२ थान डस्विन वितरण गरेको सहकारीका प्रमुख प्रशासकीय अधिकृत नवराज दहालले बताउनुभयो ।
मन्दिरमा आउने भक्तजनहरुले फालेकोे फोहोर व्यवस्थापनका लागि डस्विन भएपछि निकै सजिलो हुने भीमेश्वर नगरपालिकाको वडा नम्वर २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठले वताउनु बताउनुभयो । जनसचेतन साकोस दोलखाले भीमेश्वर मन्दिर परिसरमा वितरण गरेको डस्विन मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुहुदैँँ वडा अध्यक्ष श्रेष्ठ मन्दिरको फोहोर व्यवस्थापनमा टेवा पुगेको वताउनु भएको हो ।
दैनिक सयौंको सङख्यामा भक्तजनहरु पुग्ने दोलखाको प्रसिद्ध धार्मिक स्थल भीेमेश्वर मन्दिरमा जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले डस्विन वितरण गरेसँगै फोहोर राख्नका राख्नका लागि सहर्ज भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरत बहादुर श्रेष्ठले वताउनु भएको छ ।
मन्दिरमा यति ठुलो सङख्यामा डस्विन जनसचेतन साकोसले पहिलो पटक प्रदान गरेको हो । दोलखाको भीमेश्वर नगरपालिकाको वडा नम्वर २ मा रहेको प्रसिद्ध भीमेश्वर मन्दिर परिसरमा राख्नका लागि देशकै उत्कृष्ठ जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले १२ थान डस्विन वितरण गरेपनि सरसफाइमा सहयोग पुग्ने भक्तजनाको भनाइ छ । । संस्थाले भीमेश्वर मन्दिरमा हुने फोहोरलाई व्यवस्थापन गर्नका लागि सहज होस भन्ने उद्धेश्यले सहकारीको सामाजिक उत्तदायित्व कार्यक्रम अन्तरगत डस्विन वितरण गरिएको सहकारी संस्थाका व्यवस्थापक दाहालको भनाइ छ । उहाँँका अनुसार सहकारीले अन्य स्थानहरुमा पनि डस्विन राख्ने छ । सहकारी संस्थाका सचिव कमलप्रसाद दाहालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।
भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददातादोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...
असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...
चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...
स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददातासाहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...
दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाताभानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...
सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाताऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...