सदस्यता शुद्धीकरणमा मनोमानी गरेको भन्दै महासङ्घ दोलखामा तालाबन्दी
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
सदस्यता शुद्धीकरणको विषयमा असन्तुष्टी जनाउँदै प्रेस चौतारी नेपाल दोलखाले नेपाल पत्रकार महासङ्घ दोलखाको कार्यालयमा बुधबार तालाबन्दी गरेको छ ।
महासङ्घको केन्द्रीय समिति अन्तर्गत शुद्धीकरण समितिले आश्विन २६ गते सार्वजनिक गरेको सदस्यहरुको नामावलीको विषयमा असन्तुष्टी व्यक्त गर्दै तालाबन्दी गरेको प्रेस चौतारी नेपाल दोलखाका अध्यक्ष प्रभु जिरेलले बताउनुभयो । जिल्ला शाखाबाट बिना प्रमाण नविकरण भएका र शुद्धीकरण मापदण्ड विपरित सिफारिस गरिएका नयाँ सदस्यको बारेमा उजुरी गर्दा समेत त्यसको सुनुवाई नगरी उल्टै मापदण्डले सदस्य स्वीकार गरेका क्रियाशील पत्रकारहरुको नाम हटाएको भन्दै प्रेस चौतारी दोलखाले आपत्ति जनाएको छ ।
तालाबन्दीसँगै प्रेस चौतारीले विज्ञप्ती जारी गरेर पत्रकार महासङ्घ दोलखा शाखा र बागमती प्रदेश समितिले क्रियाशील पत्रकारलाई पाखा लगाएर पत्रकार महासङ्घ गैरपत्रकारहरुको खुराफाति गर्ने थलो बनाएको आरोप लगाएको छ ।
प्रेस चौतारी नेपालको सदस्य भएकै कारण क्रियाशिल पत्रकारलाई नयाँ सदस्यता नदिने, मापदण्डभित्र परेका सदस्यको सदस्यता नवीकरण नगर्ने, नेपाल सरकारको वेतनधारी स्थायी शिक्षकको हकमा व्यक्तिपिच्छे फरक फरक व्यवहार गर्ने, मापदण्ड विपरित हुने एउटै प्रकृतिका कोहि व्यक्ति महासङ्घको सदस्य रहने र कोहि नरहने गरी महासङ्घको जिल्ला र प्रदेश समितिका नेतृत्वले राजनीतिक आस्थाका आधारमा मनोमानी रुपमा नयाँ सदस्यता प्रदान गरेको विज्ञप्तीमा उल्लेख छ ।
नेपाल पत्रकार महासङ्घको बागमती प्रदेश समितिले सिफारिस गरेर केन्द्रीय समितिले सार्वजनिक गरेका पत्रकार महासङ्घको नामावलीको सम्बन्धमा १५ बुँदै मापदण्ड हुबहु पालना नभएसम्म ताला नखुल्ने भन्दै अनिश्चितकालका लागि नेपाल पत्रकार महासङ्घ दोलखा शाखाको कार्यालयमा तालाबन्दी गरिएको छ ।
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...