भर्खरै प्रकाशित: शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली दोलखा जिलु गाउँको डोकोको कथा प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे शिक्षक भलिबल प्रतियोगिताको तयारी पूरा स्वर्ण महोत्सव मनाउँदै हिलेपानी संस्कृत मावि  कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन

मनोमानी तरिकाले सदस्यहरुको कटौती गरेको भन्दै पत्रकार महासंघ दोलखामा तालावन्दी

1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

नेपाल पत्रकार महासंघले सदस्यता सुद्धिकरण अभियानमा सुद्धिकरण मापदण्डको वेवास्था गर्दै मनोमानी तरिकाले सदस्यहरुको कटौती र नविकरण गर्ने भनि जारी गरेको सदस्यहरुको नामावलीमा असहमती गनाउँदै प्रेस चौतारी नेपाल दोलखाले तालावन्दी गरेको छ । हामीले पटक पटक पत्रकार महासंघलाई गलत निर्णय सच्चाउन प्रदेश, जिल्लालाई आग्रह गर्दापनी मनोमानी गरे पश्चात तालावन्दी गरिएको हो । मापदण्डले एउटै प्रकृतीको आफु निकट लाई नछुने र अन्यलाई सदस्यलाई हटाउने जस्ता लज्जास्पद निर्णयहरु सच्चाएर पुर्ण रुपमा सुद्धिकरण मापदण्ड लागु गराउन हामी माग गर्दाछौ ।

प्रेस विज्ञप्ति
ध्यानाकर्षणसहित तालाबन्दी गरिएको सम्बन्धमा
नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति अन्तर्गतको सदस्यता शुद्धीकरण समितिले प्रदेश समितिबाट प्राप्त सिफारिस भनी २०८० आश्विन २६ गते प्रकाशित गरेको नेपाल पत्रकार महासंघ दोलखा शाखाको सदस्यहरुको नामावलीप्रति प्रेस चौतारी नेपाल दोलखा शाखाको गम्भीर ध्यानाकर्षण भएको छ । आफ्नो सङ्गठन निकट निष्कृय पत्रकारहरुको सदस्यता नवीकरण गर्ने तर प्रेस चौतारीमा आस्था राख्ने क्रियाशिल पत्रकारहरुको समेत सदस्यता नवीकरण नगर्ने ढङ्गले प्रदेशबाट सिफारिस भएको नामावली क्रियाशिल पत्रकारहरुलाई सदस्यताबाट वञ्चित गर्ने दुरासयपूर्ण रहेको हाम्रो ठहर छ । हाम्रो असहमतिका बीच नेपाल पत्रकार महासङ्घ दोलखा शाखाले गरेको सिफारिस प्रति हाम्रो पूर्ण असहमति रहेको बारेमा बागमती प्रदेश समितिलाई जानकारी गर्दागर्दै यस विषयमा कुनै चासो नदिएको र सदस्यताको विषय टुङ्गो लगाउनुपूर्व श्रमजिवी पत्रकारहरुका सङ्घ तथा सङ्गठनहरुसँग गरेको सहमति समेत लत्याईएको छ । पत्रकारहरुका सङ्घ तथा सङ्गठनहरुसँग सहमतिको नाटक मञ्चन गरेर आफ्नो मनोगत निर्णय कार्यान्वयन गराउन सिफारिस गर्ने नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको सिफारिसको हामी घोर भत्र्सना गर्दछौं ।

दोलखा जिल्ला शाखाबाट बिना प्रमाण नविकरण भएका र शुद्धीकरण मापदण्ड विपरित सिफारिस गरिएका नयाँ सदस्यको बारेमा उजुरी गर्दा समेत त्यसको सुनुवाई नगरी उल्टै मापदण्डले सदस्य स्वीकार गरेका क्रियाशील पत्रकारहरुको नाम हटाएर महासङ्घको प्रदेश समितिले केन्द्रीय समितिमा सिफारिस गर्नुले महासङ्घ पत्रकारको सङ्गठन नभई गैरपत्रकारहरुको खुराफाति गर्ने थलो बनेको प्रष्ट हुन्छ ।
प्रेस चौतारी नेपालको सदस्य भएकै कारण क्रियाशिल पत्रकारलाई नयाँ सदस्यता नदिने र मापदण्डले स्वीकार गरेका पत्रकारहरुको समेत सदस्यता नवीकरण नगर्ने, नेपाल सरकारको वेतनधारी स्थायी शिक्षकको हकमा व्यक्तिपिच्छे फरक फरक व्यवहार गर्ने, मापदण्ड विपरित हुने एउटै प्रकृतिका कोहि व्यक्ति महासङ्घको सदस्य रहने र कोहि नरहने, महासंघको जिल्ला र प्रदेश समितिका नेतृत्वले राजनीतिक आस्थाका आधारमा मनोमानी रुपमा नयाँ सदस्यता प्रदान गर्ने, मापदण्ड बाहिरका निष्क्रिय पत्रकारहरुको सदस्यता नवीकरण गर्ने जस्ता घृणित र अवाञ्छित कदमप्रति प्रेस चौतारी नेपाल दोलखा

शाखा सशक्त विरोध गर्दछ । नेपाल पत्रकार महासङ्घको बागमती प्रदेश समितिले सिफारिस गरेर केन्द्रीय समितिले सार्वजनिक गरेका पत्रकार महासङ्घको नामावलीको सम्बन्धमा पुनर्विचार नभए सशक्त प्रतिकारमा उत्रनुको विकल्प नहुने जानकारी गराउँदै अनिश्चितकालका लागि नेपाल पत्रकार महासङ्घ दोलखा शाखाको कार्यालयमा तालाबन्दी गरिएको छ । महासङ्घबाट जारी भएको १५ बुँदै मापदण्ड हुबहु पालना नभएसम्म ताला नखुल्ने जानकारी गराउँदछौं ।
बोधार्थ
नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समिति
नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति
प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटी
प्रेस चौतारी नेपाल केन्द्रीय कमिटी

………………
प्रभु जिरेल
अध्यक्ष

शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  राष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...

क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाता

  विद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...

बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददाता

  नेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...

दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददाता

  दोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...

कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाता

  कालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

.