उ बेलाको सम्झनाः दशैंमा मात्र भात खान पाइन्थ्यो ।
12 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
विनिता शिवाकोटी,
३ कात्तिक असोज ।
भीमेश्वर ८ का गंगाधर रेग्मी अहिले ८४ वर्ष हुनुभयो । उहाँलाई ८० वर्षदेखिका दशैंको सम्झना छ । पहिला र अहिलेको दशैंमा आकाश र पातालबीचको अन्तर लाग्छ उहाँलाई । वि।स। २०७२ सालको विनासकारी भुकम्पले परम्परागत घर भत्किए पछि गरिएको पुननिर्माणले सबै घर सिमेन्टले पोतिए । सिमेन्टसंगै हाम्रो मौलिकता र संस्कृति पनि छोपिए अनि मेटिए ।” उहाँको गुनासो छ ।
गाउँभरीका दाजुभाइ जम्मा भएर कमेरो लिन जान्थ्यौ । कमेरो लिन जाने रे भनेपछि गाउँभरी हल्ला खल्ला हुन्थ्यो । जोस र उत्साह नै अर्कै । “कमेरो ल्याउँदा दुःख त हुन्थ्यो नै । कति साथी त कमेरोले पुरेर दुखःद घटना भयो पनि । जति नै दुःख भए पनि रातो माटो तथा कमेरो लगाएका घरका वास्नाले दशै आएजस्तो लाग्थ्यो तर अहिले सुख भए पनि दशैं जस्तो लाग्दैन ।” जेष्ठजन रेग्मीको भनाइ छ ।
गाउँभरी बाबियो उठाउन हिडिन्थ्यो । । “पिङको लठारो बाट्दा कम्ती रमाइलो हुँदैनथ्यो । टिकाको दिन टिका र जमराले पीङमा पूजा गरेर धर्ती छाड्नु पर्छ भन्ने भनाइ थियो । अहिले त पीङ हाल्ने जाँगर नै छैन युवामा । उफर र मोबाइलले हाम्रो संस्कृति सखाप पा¥यो ।”, उहाँ भन्नुहुन्छ ।
उहाँ उ बेलाको दशैंलाई यसरी सम्झनुहुन्छ,“हाम्रो पालामा पेटभरी खान समस्या नै थियो । रोजेर र त कहाँ पाउनु र ? मीठो खाने र राम्रो लाउने दशै हो भनिन्थ्यो । राम्रो त के लाउनु र एउटा दौरा त्यो पनि खाँडीको बल्लबल्ल । दश ठाउँमा टालेर वर्षदिन कटाउनु पथ्र्यो । तै पनि दशैं भन्दा नै मन फुरुङ्ग हुन्थ्यो । असार नसकिँदै दशै आउने दिन गन्न लाग्थ्यौं । वर्षभरी भात खान पाइँदैनथ्यो । मासु र भात खाने दिन सम्झदा मुखभरी पानी रसाउँथ्यो । दशै निक्कै रमाइलो हुन्थ्यो । कमेरो रातो माटो घरमा ल्याएपछि दशैं आएको जस्तो लाग्थ्यो । सोरश्राद्ध सकिएपछि कमेरो ल्याउने चलन थियो । दिनभर लाग्थ्यो । कोही त उतै मर्थे । घरमा रातोमाटो कमेरोको चटारो हुन्थ्यो । झ्याल ढोकामा मकैको खोया पोलेर कालो दल्ने गथ्र्यौ ।
दोलखा बोचका ८४ वर्षीय जेष्ठ नागरिक गंगाधर रेग्मी पुराना दिन स्मरण गर्नुहुन्छ,—“दर्शै आएपछि भात खान पाइन्छ भन्ने खुशी लाग्थ्यो । कहिले दशैं आउला र भात खाउँला । भात खान कि त मलामी जानुपथ्र्यो कि त दशैं नै आउनुपथ्र्यो । विचार लान पनि चामल हुँदैनथ्यो । मकैको च्याख्ला लान्थ्यौ ।
धानका लागि जिलुवेसी र बाह«विसे पुग्नु पथ्र्यो । दशैं आउला र भात खाउँला भन्थ्यौ । मासु पनि दशैं नै कुर्नुपथ्र्यो । गोठभरी बोका बाख्रा भएपनि खाने चलन थिएन । वर्षको एक पटक दर्शैमा मात्र मासु खाने चलन थियो । अहिले कुकुर र कुखुराले भात खाँदैनन् । हामीलाई कस्तो चीज थियो ।
५ साल तिरको कुरा होला । जेष्ठनागरिक रेग्मी सम्झनुहुन्छ,“अब मासु खान नसकिने भयो–बाले भन्नुभयो । एक झक मासुलाई २ रुपैया प¥यो ।” अहिलेको करिब ९ किलो जति मासु थियो होला ।
दशैंमा घुँडासम्म आउने खाँडीको दौरा दिन्थे । अहिलेको जस्तो झिलिक्क परेको हुँदैनथ्यो । वर्ष भरी त्यसैले कटाउनु पथ्र्यो । फेरफार हुँदैनथ्यो । नुवाइ धूवाइ गर्दा आमाको फरियाको टालो बेरेर बस्नुपथ्र्यो । कपडा फेरफारको चलन थिएन । दशै आउँदा दौराको केही भाग मात्र बाँकी रहन्थ्यो ।
दशैको समय जस्तो लाग्छ । करिब १० वर्ष थिएँ होला । गाउँबाट च्यामा विहे लाने भएँ । आफूलाई जन्त जान चौपट्टै रहर लाग्यो । दौरा छ,सुरुवाल छैन् । आमाको कुम फाटेको चोलो ध्वाँसीप्वालमा धुसारेको रहेछ । बाउला काम लाग्ने नै रहेछन् । त्यही आमाको पुरानो चोलोको बाहुला काटेर सुरुवाल बनाएर लगाएँ अनि जन्त गएँ । सुरुवाल खुट्टामा छिराएँ । डोरीले बाँघेर सुरुवाल बनाएँ । जाँङ नभएको सुरुवालले काम चलाएँ । जन्त गएँ । आमा वितेको एक वर्ष भएको थियो । त्यो दिन सम्झदा आँसु आउँछ । रेग्मीले दुख सुनाउनुभयो ।
दशैमा टिका लगाएर पैसा दिने चलन थिएन । नयाँ ज्वाईँ भए ५ पैसा दिने चलन थियो । छोरालाई दक्षिणा दिने चलन थिएन । नोट त थाहा नै थिएन । निधारभरी रातो अक्षता लगाएर गाउँभरी घुम्थ्यौं । गाउँभरी डुलेर बाबियो काटेर लिङ्गे पीङ हाल्थ्यौं ।
दशैंसंगै उहाँ पुराना दिनको थप स्मरण यसरी गनुहुन्छ,“उमेर १२÷१३ वर्ष हुँदो हो । विहान देखि बेलुकासम्म नल काटेँ । ज्याला ८ पैसा थियो । मैले राम्रो र धेरै काम गरेँ भनेर १० पैसा दिएका थिए । त्यो ठूलो रकम थियो । सत्र विस पैसाले विवाह सकियो । पञ्चेवाजा,गर गहना,जहानैलाई लुगा भतेर सबै ३ सय ४० मा सकियो । त्यही पैसा जुटाउन पनि कति गारो ।
हाम्रो पालमा स्कुल थिएनन् । गाउँघर गोठमा अरुले पढेको देखेर सुनेर प्रयास गरे । सुन्दा सुन्दै कण्ठ भयो । दिनमा ५० औं श्लोक कण्ठ गर्थे । अहिले महाभारत र रामायणका सबै श्लोक कण्ठ छ ।
उमेर ८४ भयो खाना ४ चोटी खाजा भात टन्नै खानसक्छु। अझै १ घण्टाको बाटौ कसिलो भारी बोकेर हिड्न सक्छु । उमेरको जस्तो मज्जाले निद्रा आउँछ । बेलुका ९ बजेसम्म सुुतिसक्छु। विहान ३ं३० मा नै उठ्छु । ध्यान जप साधना गर्छुु विहान दुुध बेच्न जान्छु । दिनभर घाँस काट्न र अरु काममा व्यस्त हुुन्छु ।
५ पटक भोटमा नुन लिन गएँ । तातोपानी कटेपनि जसले छोएको खाएपनि हुन्थ्यो । फर्कदा तातोपानीमा नुहाएर जनै फेरेर चोखिएर आउँथ्यौ ।
मलाइ चिन्ता हाम्रो लोकसंस्कृति जोगाउन सकिएन । यही चिन्ता छ । विदेशी संस्कृतिको नक्कल धेरै भयो । हाम्रो संस्कृति वेचियो । आजका पुस्ताले संस्कृति चिनेनन् । जोगाएनन् । छोरा नाति सबै विदेश गभए । मलामी पनि नहुने भए । हाम्रो बाको पालमा घरदेखि घाटसम्म मलामीको लर्केा हुुन्थ्यो । अहिले हाम्रो मरण कस्तो होला यही चिन्ता छ ।
आधुनिकता र प्रविधिको बढ्दो प्रयोग र विकाससँगै दशैँ, तिहारलगायत चाडपर्वको मौलिकता घट्दै गएको छ । दशैंलगायतका चाडपर्व सुरु हुनु अगाडि रातो माटो, कमेराले घर आँगन लितपोत गरेर रङ्गाउने र लिङ्गेपिङ हाल्ने, चलन हराउँदै जाँदा चाडपर्व खानपान र आधुनिकताको रमाइलोमा मात्रै सीमित हुँदै गएकोमा जेष्ठजनको चिन्ता छ ।
चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा आजबाट श्रीमद्भागवत महापुराण सञ्चालन भएको छ । आज विहिबार घटस्थापनाको अवशर पारेर दोलखाका प्रमुख जिल्ला...
साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु
समदृष्टि अनलाइन संवाददाता१३ असोज, काठमाडौं । पहिरोमा परेर नेपाली सेनाका एक लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)को मृत्यु भएको छ । मृत्यु...
केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह
समदृष्टि अनलाइन संवाददाताआउँदो चार दिन वर्षाको मध्यम प्रभावको उच्च सम्भावना रहेको छ । “प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन–२२)भिमेश्वर नगरपालिकाका अनुसार...
दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा श्रीमद्भागवत महापुराण सञ्चालन गरिने भएको छ । यही आश्विन १७ देखि आश्विन २५ गतेसम्म दोलखा...
गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा
समदृष्टि अनलाइन संवाददातागौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोट दोलखामा विभिन्न विषयमा गेष्ट लेक्चर मार्फत परीक्षा विशेष तयारी कक्षा सञ्चालन गरिएको छ...
पुस्तकालयको आयोजनामा प्राथमिक उपचार सम्बन्धी तालिम
समदृष्टि अनलाइन संवाददातासमूदायमा आधारित आधारभूत खोज तथा उद्धार प्राथमिक उपचार सम्बन्धी तालिम दोलखाको सदरमुकम चरिकोटमा सुरु भएको छ । गौरीशंकर पुस्तकालय...