भर्खरै प्रकाशित: दोलखाका छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान आँशुको कथा वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन

शैलुङका युवा व्यावसायिक फूल खेतीतर्फ आकर्षित

1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

दोलखा शैलुङका युवाहरु व्यावसायिक फूल खेतीतर्फ आकर्षित भएका छन् । शैलुङ ७ फस्कुका भुषण कार्की लगायतको समूहले १६ लाखको लगानीमा ८० रोपनी जग्गामा व्यवसायिक सयपत्री फूल खेती शुरु गरेका हुन् ।
२० वर्ष नेपाली सेनामा जागिर खाएर निवृत भएका कार्कीले सेनामा जागिर खाने समयमा नै तालिमबाट सिकेको सिपलाई जागिरपछि व्यवहारमा प्रयोग गर्न व्यवसायिक फूल खेती शुरु गरेको बताउनुभयो ।
यही साउन महिनाबाट शुरु गरिएको सयपत्री फूल खेतीबाट एक मौसममा ६० हजार केजी उत्पादन गर्ने लक्ष्य राखेको कार्कीको भनाइ छ । २०८० साउन १५ गते शैलुङको निमटारमा कलकत्ते टेनिष्सवर्ग (कर्म) जातको सयपत्री फूलका विरुवा उत्पादनसहित फूल खेती शुरु गरेका हुन् ।
“दशैंको मौसममा मात्रै १० लाख भन्दा बढीको फूल विक्री भैसक्यो । तिहारमा ४० लाख भन्दा बढीको विक्री गर्ने लक्ष्य छ । वार्षिक १ करोड ५० लाखको फूल र विरुवा उत्पादन गर्न सक्छौ भन्ने योजना बनाएका छौं । यो वर्ष भने बजारले मागेजति पु¥याउन सकिदैँन होला । स्थानीय बजारलाई प्राथमिकता दिन्छौ । बाँकी रहेको मात्र बाहिर पठाउँछौ,”व्यवसायी भूषण कार्कीले भन्नुभयो ।
वर्षको ३ चोटी उत्पादन गर्न सकिने कलकत्ते सयपत्रीसंगै तिहारलाई लक्षित गरेर मखमली फूल समेत लगाईको छ । कृषि फार्ममा गुलावका कटिङ विरुवा समेत उत्पादनको कार्य शुरु गरेको कृषकको भनाइ छ ।


फस्कुका गोपाल थामी लगायतका युवा विदेश जान पासपोर्ट बनाएर तयार हुनु भएको थियो ।
विदेशमा जान तयार भएका ४ जना र सेनामा सेवा निवृत्त भएका युवा सहित ५ जना अनुभव कृषि तथा पशुपंक्षी फार्म व्यवसायिक फूल खेतीमा सहभागी भएका हुन् ।
फस्कु ७ का सेना निवृत्त भुषण कार्की,बाबु तमाङ,सागर बस्नेत,प्रेमजंग कार्की र गोपाल थामीले करिब ८० रोपनी जमिनमा सयपत्री फूल खेतीबाट राम्रो आम्दानी गर्न शुरु गरेका गरेका छन् । वर्षौदेखि बाँझो भएर बसेको जमीनमा फूल ढकमक्क फूलेको देखेर अरु युवा समेत लोभिन लागेका छन् ।
‘जिल्लामा हुने सामाजिक,साँस्कृतिक तथा धार्मिक कार्यक्रम र उत्सवमा फूलको मालाको प्रयोग बढ्न थालेपछि व्यावसायिक फूल खेतीमा लागेका हौ,’ कार्कीले भन्नुभयोे, ‘ हाम्रा कार्यक्रममा आयात हुने विदेशी खदाको सट्टामा जिल्लामै फुलको खपत पनि हुने भएपछि यसमा लागेका हौं, तिहारमा यो फूल अझ बढी खपत हुन्छ, यसले हामीलाई उत्साह थपेको छ ।”
‘विदेशमा गर्ने दुःख र मेहनत आफ्नै बारीमा गर्न पाउँदा निक्कै खुसी छौं । मेहनतले बारीभरी ढकमक्क फूलेको फूलले मनै रमाइलो बनाउँछ । अहिले बजारको माग धान्न भ्याइनभ्याइ छ । बजारको मागलाई चिन्न सके गाउँमै सम्भव हुँदो रहेछ ।’ वैदेशिक रोजगार छाडेर फूल व्यवसायमा लागेका गोपाल थामीले भन्नुभयो दशैंसंगै फूलेको सयपत्रीले वातावरण नै रमणीय बनाएको छ । ती फूलले सबैको मन लोभ्याउनुका साथै युवाको अगुवाइ र भविष्य उज्ज्वल भएको आभाष भएको छ ।

फूल खेती हेर्न अहिले दैनिकजसो आन्तरिक पर्यटकसमेत पुग्ने गरेको छ । वर्षमा ३ चोटी फूलाउन सकिने सयपत्री फूल खेतीबाट एक पटकमा ५० लाख बराबरको उत्पादन हुने कृषक भुषण कार्कीको भनाई छ । फूलको बजारका विषयमा कुनै चिन्ता छैन् । दोलखा जिल्लाभर,रामेछाप र काठमाण्डौबाट माग आइरहेको छ । दशैं अगाडि नै १० लाखको फूल विक्री भइसकेको छ । यो वर्ष तिहारमा दोलखाको फूलले काठमाण्डौको बजारमा समेत प्रभाव पार्छ —कार्कीको भनाइ छ ।
आजभोलि फूल र चाडको मौसममा १० जना महिलाले थप रोजगारी पाएका छन् । फूल टिप्ने र माला उन्ने काममा दैनिक कामदार थप्दै गएको कृषकको भनाई छ ।
तिहारलाई काठमाण्डौँबाट धेरै माग आएको छ तर स्थानीय बजारको मागपछि मात्र काठमाण्डौको बजार लैजान्छौ,बजारको व्यवस्थापन गरिरहनु भएका व्यवसायी कार्कीले भन्नुभयो ।
पुष्प व्यवसायी युवाहरुले फुलको मूल्य कायम गरेका छन् । प्रति थुँगाको मूल्य तीन रुपैयाँ र १ मिटरको मालाको स्थानीय बजारमा १ सय रुपैयाँ र जिल्ला बाहिर १ सय ५० रुपैया मूल्य कायम गरिएको छ ।
दोलखाको शैलुङ गाउँपालिका ७ मा रहेको चर्णावती धामबाट करिब ३ सय किलोमिटरको दुरीमा कृषि फार्ममा पुग्न सकिने छ । फूल खेतीसंगै विरुवासमेत उत्पादन गर्दै आएका छन् । युवाले व्यवसायिक फूल खेतीमात्र नभएर बाख्रा पालन र सुन्तला खेतीसमेत गर्दै आएका छन् ।

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददाता

नेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददाता

पुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...

पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

.