भर्खरै प्रकाशित: भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत मेरी फुपू,सबैकी फुपू निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण व्युटीसियन हुदै वडासदस्यसम्मको जिम्मेवारी सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम

आरन व्यवसायबाट सन्तुष्ट कृष्णको कथा

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्वर ९ सुन्द्रावतीका ६५वर्षीय कृष्ण बहादुर खातीको विगत ४६ वर्षदेखि आरन व्यावसायबाट जीवन गुजार गर्दै आउनु भएको छ । जीवनभर आरन व्यवसायलाई नै जीवन चलाउने माध्यम बनाउने उहाँको प्रतिवद्धता छ । पछिल्लो समय आरन व्यवसायमा भविष्य नदेखेर युवा पुस्ताको आकर्षण देशैभर घट्दै गएको छ । युवा पुस्ताले आरन चलाउन छोडेपछि जिल्लाको गाउँ र सहरबाट आरन पेसा विस्थापित हुँदै गएको समयमा खातीले भने निरन्तरता दिँदै आउनुभ भएको छ ।
“थाहा छैन् कति बाँचिन्छ जति वाँचिन्छ आरन व्यावसायनै गरिन्छ” खातीले उत्साहका साथ भन्नुभयो ।
खातीले हजुर बुबाको परम्परागत पेशा आरन व्यवसायलाई निरन्तरता दिँदै आउनुभएको छ । १९ वर्षको उमेरदेखि शुरु गरेको व्यवसाय हाल सम्म उत्तिकै जोश र जाँगरका साथ गरिरहनुभएको छ । उहाँले हँसिया, कुटो, कोदालो, बञ्चरो फाली लगायत कृषि औँजार सामग्रीहरु निर्माण गरि रहनु भएको छ । खातीले भने आरन व्यवसायबाट राम्रो कमाइ गर्नुभएको छ । आरनमा उत्पादन भईरहेका सामग्रीले बजार पनि राम्रो पाएको छ ।

खातीले आफना छोराहरुलाई भने आरन व्यावसाय गर्न लगाउनु भएन् उहाँलाई लाग्यो आफुले जस्तो दुख छोरा छोरीलाई नगरुन् ।
आरन व्यवसाय छोडेर युवा शिक्षा, रोजगारीलगायत सुविधा खोज्दै सहर पस्ने तथा गाउँमा भएकाले पनि जीविकोपार्जनका लागि अन्य पेसा अगाल्न थालेपछि आरन व्यवसाय सङ्कटमा परेको खातीलाई पनि लागेको छ
युवा आफ्नो पम्परागत पेसाभन्दा पनि वैदेशिक रोजगारका लागि आकर्षित बन्न थालेका छन् ।“दिनभर फलाम पिटेर विभिन्न सामग्री निर्माण गरेअनुसार ज्याला पाइदैन् । यति मेहनत विदेशमा रोजगारी गरे वा अन्यत्र काम गरे पनि मनग्ये आम्दानी हुन्छ । त्यसैले आजका पुस्ताहरुलाई आरन व्यवसाय आकर्षक लागेको छैन ।”उहाँले अनुभव सुनाउनुभयो ।

 

अहिले पनि परम्परागत रुपमै उहाँले आरन व्यावसायि सञ्चालन गरि रहनु भएकाले पछिलो समय वनबाट दाउरा ल्याउन कठिन हुदाँ कोईलाको व्यवस्थापन गर्न कठिन भएको छ । आरन व्यावसायबाट राम्रो आम्दानी गरि रहनु भएको खातीले तीनै तहका सरकारले यो पेशलाई प्रवद्र्धन गर्न आवश्यक रहेको खातीले वताउनु भएको छ ।

 

भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...

भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...

मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...

निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाता

  शान्ति निहारिकाद्वारा लिखित  “चट्याङको मूर्च्छना” उपन्यास  लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...

सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददाता

मन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...

मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददाता

पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...

.