भर्खरै प्रकाशित: जनसचेतनको ३२ औँ स्थापना दिवसः सामाजिक सद्भावका कार्यक्रम सञ्चालन चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह सुनखानीका मन खाने नानी सार्वजनिक हुँदै ………. भीमेश्वरमा चाडपर्व लक्षित बजार अनुगमन शुरु दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा

स्वर्गीय आनन्द पाइने जट्टापोखरी पाँचपोखरी यात्रा

11 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

महेश खरेल

मन मिल्ने साथीहरुसंग नयाँ ठाउँ घुम्नेजति जति आनन्द सायद अरुबाट नपाइएला । मलाई सानैदेखि नै नयाँ ठाउँ घुम्न असाध्यै रुचि लाग्थ्योे । विद्यालय जीवनमा पढाईको दबाव त्यसमाथि घुम्ने मौका नै कहाँ पाइन्थ्यो र ? तर पनि त्यो समयमा नयाँ नयाँ स्थानका बारेमा नेपाल टेलिभिजनबाट प्रसारित वृत्तचित्र नछुटाइ हेर्न मन लाग्थ्यो ।
समय वित्दै जाँदा रहरपनि बढ्दै र हुर्कँदै थिए । राम्रा स्थान घुम्ने बाल्यकालको रहर स्नातक तह पढ्ने समयमा जु¥यौ । स्नातक तह सकिने समयतिर कोभिड १९ को असरले फुर्सदको समयमा पनि घर बाहिर निस्कने अवस्था मिलेन । कोभिडपछि सामान्य अवस्था भएसंगै म दोलखाका विभिन्न पर्यटकीय स्थलहरु घुम्न शुरु गरेँ । दोलखाको शैलुङ,विगुगुम्बा,हात्ती छहरा लगायतका स्थानको भ्रमणबाट घुम्ने कार्यको शुरुवात गरें । त्यही समयदेखि नै वर्षमा एकचोटी नयाँ ठाउँ घुम्ने संकल्प गरे ।
मेरो जीवनको पहिलो साहसिक यात्रा भने च्छोरोल्पा हिमतालको यात्रा हो । गत वर्षको २०७९ दशै तिहारबीचको समयलाई म लगायत मेरा ११ जना साथीहरुले उक्त स्थानको भ्रमण गरेका थियौं । यो वर्ष २०८० हाम्रा लागि नयाँ गन्तव्य थियो जटापोखरी र पाँच पोखरी ।


गतवर्ष च्छोरोल्पाको भ्रमण गरिसकेको हुनाले यात्राको लागि सबै ज्ञान र अनुभव थियो । यो वर्षको हाम्रो गन्तव्य दोलखा र रामेछापको सिमानामा पर्ने जटापोखरी (४३४८मी) र पाँच पोखरी (४५१५मी) रहेको थियो । सामान्यतया जनैपूर्णिमाको समयमा मेला लाग्ने यो स्थानमा धार्मिक पर्यटकको उपस्थिति निक्कै हँुदो रहेछ । अन्य समयमा बासस्थानको अभावले पनि पर्यटक कम हुने जानकारबाट हामीले थाहा पायौं ।
बास बस्नको लागि आफैले टेन्ट,स्लिपिङ व्याग र आफूलाई चाहिने खानाको सम्पूर्ण व्यवस्था गरेर यात्रा गर्नुपर्ने स्थान रहेछ पाँचपोखरी– जटापोखरी । सोही अनुसार म र केही साथीहरु यात्राका लागि आवश्यक पर्ने सामग्री किन्न काठमाण्डौंको ठमेलको कालापथ्थर टे«किङ सामानको लागिA to Z सामान पाइने स्थानमा गयौँ । सामान तयार पारेपछि यात्रा तय ग¥यौं ।
यात्राको शुरुवात हामीले काठमाण्डौँबाट ग¥यौं । साामान्य रफ्तारमा अगाडि बढ्दै थियौं । साँगा नपुग्दै एकजना साथीको बाइकमा समस्या देखियो । बाइकको मर्मत गरेर अगाडि बढ्यौं । बेलुकाको ७.३० बजे सिन्धुपाल्चोकको मुढे पुगियो । भोक निक्कै लागेकोको कारण मुढेको तातो थुक्पाले भोक मेट्ने प्रयास ग¥यौं । साथीसंग बासस्थानका विषयमा छलफल भयो । कसैको रहर चरिकोट बस्ने त कसैको जिरी । मैले पनि जिरी जाने कुरामा जोड दिएँ । सबैको सहमति पछि मैनापोखरीमा खाना खाएर राती ११ बजे जिरी पुगेर बास बस्यौं ।
दोलखाको जिरी नगरपालिकामा पर्ने जिरी बजारलाई नेपालकै स्वीजरल्याण्डको नामले पनि चिनिन्छ । पर्यटकीय नगर भएकै कारण होटलहरु व्यवस्थित थिए । होटल हामीले मुढेबाटै बुकिङ गरेका थियौं । होटल हाम्रै प्रतिक्षामा बसेको रहेछ । रात निक्कै छिप्पिइसकेको कारण हामीलाई जाडो पनि भइरहेको थियो । हट लेमन विथ हनी खाएपछि हामी तात्यौ र गफगाफ गर्दै २ कोठामा ९ जना सुत्यौं ।


अँध्यारो पछिको मिर्मिरे विहानीलाई स्वागत गर्न जुर्मुराइरहेको भालेको पहिलो डाकले मलाई व्यूँझाइसकेको थियो तर उठ्न भने हिजोको थकाइले जाँगर चलेको थिएन । विहानको नास्ता गरेर बाटोमा खानाको लागि आवश्यक भाँडाकुँडा र औषधीको जोहो ग¥यौं । चौरीँको दुधबाट बनेको चीजले शक्ति दिने भएकाले हामीले चीजपनि बोक्यौं । बाटोमा चीजका टुक्रा खाँदा शक्ति प्राप्त भएको महशुस भयो । जिरीबाट हिड्दा घाम माथि पुगिसकेको थियो । रामेछापबाट आएका साथीहरु अगाडि देखि नै शिवालयमा पर्खिबसेका थिए । बाटोर्मो शिवालय फाँट,जिरीको वडा नं १ मा पर्ने स्टोनपार्क सडकबाट नियाल्दै हामी अगाडि बढ्यौं । जिरीबाट शिवालय,ठोसे हुँदै गर्जाङ पुग्न करिब ३ घण्टा लाग्ने रहेछ । शिवालय,ठोसे र गज्र्याङ्गको बीचभागलाई चिरेर बगेको खिम्तीखोलाको शान्त वहावले हामीलाई निक्कै मोहित पा¥यो । हामी गज्र्याङ पुगेपछि फेरि नपुग सामग्री किन्यौ । गर्जाङबाट करिब आधा घण्टाको कच्ची सडको यात्रापछि खहरे पुगियो । गर्जाङ पुग्दा दिउँसोको १२ बजेको थियो । हामीले खाना खाएका थिएनौ । बाटोमा उपल्लो खिम्ती जलविद्युत आयोजनाको पावर हाउस रहेछ । आफूपनि सिभिल इन्जिनियर भएको नाताले आफ्नो कार्यक्षेत्रभित्र पर्ने सडक,हाइड्रोपावर,विल्डिङ आदि हेर्दै र अवलोकन गर्न पाउँदा निक्कै गर्वको महशुस भयो ।
गर्जाङसम्मको बाटो सजिलै थियो । त्यहाँबाट खहरेसम्म भने अलि कठिन । हाम्रो समूहका ११ जनामा कोहीपनि यस अगाडि जटापोखरी,पाँचपोखरीको यात्रा गरेका थिएनौँ । बाइक थन्क्याउने होटल पत्ता लगाउन सकेनौं । हामी सबै कच्ची सडक टुङ्गो नलागेसम्म अगाडि बढिरह्यौं । सडकको अन्तिम विन्दु भनेको उपल्लो खिम्ती हाइड्रोपावरको हेडवर्कस भएको स्थानसम्म रहेछ । हामीलाई त्यहाँ पुगेपछि पो थाहा भयो बाइक राख्ने भनेको खहरे होटल त अगाडि नै हामीले छाडिसकेका रहेछौ ।
हामी खाना खान र बाइक राख्न फेरि खहरे नै फर्किनु प¥यो । फर्किँदै गर्दा जटापोखरी नै जान लागेका यात्रुहरु भेट्यौ । उनीहरु पनि खहरेमा खाना खाएर हिँडेका रहेछन् । खहरेबाट सिधै काठमाण्डौ जाने सुमोको काउण्टर भएको घरमा नै सानो होटल रहेछ । गाउँबाट झरेका मानिसहरु सोही होटलमा बास बसेर विहान ५ बजे छुट्ने सुमोमा काठमाण्डौ जाने रहेछन् ।
हामी त्यही होटलमा खाना खाएर दिउँसोको २ बजे पानीपाखाको लागि यात्रा तय ग¥यौं । केही समयपछि एउटा झोलुङे पुल आयो र सबैजना त्यस पुललाई हल्लाउँदै रमाइलो ग¥यौं । पुल तरेपछि उकालो बाटो शुरु भयो । जटापोखरीमा बास बस्न किनेको टेन्टको सामान सबैलाई २० केजीका दरले भाग लगाएर बोकेका थियौं । बाटो निक्कै डर लाग्दो र ठाडो भिरालो उकालो थियो । दाँयाबाँया हेर्न निक्कै डर लाग्यो । बाटो मात्रै हेरेर अगाडि बढ्दै थिएँ । निक्कै ठाडो उकालो बाटो अनि भारी हुँदै गएको सामान निक्कै कष्टका साथ उकालो चढिरह्यौं ।


आफूसंग भएको थर्मसको पानी पनि घट्दै थियो अनि तिर्खा बढ्दै । बाटोमा कतै पानी पाउने सम्भावना पनि थिएन तरपनि सुनसान जंगलको बाटो अनि तल शान्तसंग बग्दै गरेको खिम्ती खोला,चराचुरुङ्गीको मीठो आवाज,मन मिल्ने साथीहरुको साथले मन प्रफुल्लित भइरहेको थियो । साँझको करिब ७ बजेको थियो । हामी पानीपाखा भन्ने स्थानमा उक्लियौं । त्यस स्थानमा यात्रु वस्न मिल्ने २ वटा कटेरा रहेछन् । हामी एउटा कटेरामा भारी विसाएर आगो र पानीको व्यवस्था गर्न लाग्यौं ।
पानीपाखामा पानीको समस्या नहोला भन्ने लागेको थियो तर अग्रेजीको एउटा भनाइ सम्झना आयो भ्हउभअतबतष्यल खभचकगच चभबष्तिथ त्यस्तै नाम पानीपाखा भएकाले पानीको समस्या होला भन्ने कसैले पनि कल्पना गरेका थिएनौं । अँध्यारो भएकाले लाइट बालेर एकछिन सबैतिर पानी खोज्यौं । कतै नभेटिएपछि सबैको थर्मसमा बाँकी रहेको पानीबाट अलिअलि पानी निकालेर चिया पकायौं र मकैसंग चिया खाँदै आगोको वरिपरी बसेर गीत गाउँदै दिनभर हिँडेको थकाई बिर्सने प्रयास ग¥यौ । काठले बारिएको कटेज भएकाले ठाउँठाउँमा कुनै प्वालहरु थिए । राति सबैलाई निक्कै चिसो भइरहेको थियो । ओल्टोकोल्टो फेर्दै रात वित्यो । थर्मसमा बाँकी भएको पानीले थोरै थोरै चियाले जिब्रो तताउने काम ग¥यौं ।
उकालो बाटोसंग दौँतरी गाँस्दै फेरि हाम्रो यात्रा शुरु भयो । करिब २० मीनेट हिडेपछि मानेडाँडा लेखिएको बोर्ड देखियो । अगाडि पुगेका साथीहरु पाखामा लमतन्न परेका थिए । एउटा साथी भूइँमा गाडेको पाइपको टुप्पोलाई लम्पसार परेर सासले पानी तान्दै थियो । खहरेकी होटलवाला दिदीले पानीपाखामा र मानेडाँडामा पानी पाइन्छ भन्नुभएको थियो तर होइन रहेछ । पाइपमा हावा भरिएर एकछिनमा पाइपबाट मुखसम्म भिजाउने पानी आयो । ४ जना साथी पछाडि नै थिए । अगाडि पुगेको साथी पालैपालो भुइमा रहेको पाइपमा मुख राखेर पानी खोज्दै थिए ।


सबैले एक एक पटक मुख भिजाएपछि एकजना साथीले मुख भिजाउने बेलामा पानी आएन । साथी थर्मस बोकेर पानी खोज्न हिड्यो । करिब डेडघण्टापछि आइस बोकेर आयो । सबैजना खुसी भयौँ । आइसलाई तताएर चिनी हाल्यौ र सातु मिलाएर मोक र प्यास दुबै मेट्यौं । त्यसपछि फेरि उकालो चढ्न लाग्यौँ । केही समयपछि बल्ल ओरालो बाटो भेटियो । ओरालो भेट्दा पनि हामी खुसी हुन सकेनौ किनभने फेरि पनि हामी ३९३७ मीटरको उचाई थियौ । पुग्नु पर्ने ४५१४ थियो । कतै उकालो अनि कतै कतै मात्रै ओरालो हुँदै पुनः १ घण्टाको उकालो बाटो हिँडेपछि कटेराहरु भेटिए । त्यहाँ पानी खोज्यौँ र केही समय प्यास र थकान मेटाउने काम ग¥यौं । वरिपरीको वातावरण निक्कै सुन्दर अनि फरक प्रकृतिको थियो ।
३ घण्टाको उकालो चढेपछि अलिमाथि डाँडामा ध्वजाहरु बाधिएको देख्यौं । एउटा साथी बेस्सरी चिच्यायो,पानी छ ? माथिबाट आावाज आायो,“छैन छैन” । अब हामी निराश भयौं । प्यास धेरै लागेको छ । खुट्टा पनि निक्कै गलेका थिए । शरीर शिथिल हुँदै थियो । झोलामा भएका इनर्जी ड्रिङ्क निकालेर पिउन लाग्यौं । १ घण्टापछि हामी टुप्पोमा पुग्यौं । त्यहाँबाट फेरि कटेरा देखियो । हामीमा आश पलायो । पुगेर पानी खोज्न थाल्यौं । तर भेट्न सकेनौं । अब पाइला झन छोटा भएजस्तो भयो । तरपनि यात्रा तय गर्नु नै थियो । बाटोमा आफूलाई मात्र देखिन्थ्यो । दायाँबाया हिड्ने साथीलाई पहाडले छेकेजस्तो देखिन्थ्यो । अगाडि पछाडि हिड्ने साथी कोही बोल्न सक्ने अवस्थामा थिएनन् । निराश र डरपनि केही उब्जन लागेको थियो ।


आँखा तिरमिराएजस्तो अलिपर एटा खोला देखिन्थ्यो । जति हिडेपनि झन पर भएको भान हुन्थ्यो । विरवल र अकबरको कथाको पारी डाँडाको आगो हेरेर रात काटेको कथा हजुरआमाले भने झलझली याद आयो । पारीको खोला हेरेर तिर्खा भेटाएको कल्पना गर्दै अगाडि बढ्यौं ।
बाटोमा दुईजना मानिसहरु हामीतिर आइरहेका देख्यौं । उनीहरुको हातमा पानीको बोतल रहेछ । भगवानले स्वर्गबाट अमृत लिएर पठाएको आभाष भयो । पानी खाएपछि हामीलाई अलिकति उर्जा भरियो । कठिनका साथ पाइला अगाडि बढाउन लाग्यौं । अबभने हामी धेरै अगाडि हाम्रो आँखाले देखिरहेको तर पुग्न नसकेको खोलामा पुग्यौं । अगाडि पुग्ने साथीहरुले पानी तताएर राखेका रहेछन् । तातो कफी खाएर हामी खुसी भयौं । छुट्टै शक्ति आयो । अब भने गन्तव्यमा पुग्ने आँट पनि भरियो । मन प्रफुल्लित भयो । आनन्दको सीमा रहेन ।
अब त गन्तव्य नजिकिएको महशुस भयो । बाटोमा अलिअलि गफ पनि निस्कन लाग्यो । केही खानेकुराहरु बाँड्दै खाँदै अगाडि बढ्यौं । अपरान्हको ४ बजिसकेको थियो । त्यहाबाट फेरि नाकै ठोक्किने उकालो शुरु भयो । अत्यन्तै सुन्दर र मनमोहक दृष्य अवलोकन गदै हामी उकालो चढिरह्यौ । बेलुका ७ बजेतिर हामी पवित्र स्थल जटापोखरी पुग्न सफल भयौं । जीवनको महत्वपूर्ण सपना पूरा भएको महशुस भयो ।
अब हामी बासको व्यवस्थापनमा लाग्यौँ । साथीहरु अगाडि नै पुगेर व्यवस्थापन गर्दै रहेछ्न । छानो नभएको ढुङ्गाको गारो मात्र भएको गोठ रहेछ । जसोतसो टेन्ट गाडेर ओछ्यान तयार ग¥यौं । खानभन्दा पनि आरामको महत्व बढी भयो केही नखाइ सुत्यौं ।
कठिन अनि साहसिक यात्रासंगै भेटिएको जटापोखरीको सुताइ निक्कै आरामदायी र आनन्दानुभूतिको भयो । विहान ५ बजे नै उठेर हामी पोखरीको परिक्रम ग¥यौं । अग्लो टाकुराको फेदमा रहेको जटापोखरीको आकर्षण र विशेषता वयान गरिनसक्नुको थियो । हाम्रो टोलीका ११ जनामध्ये ३ जना साथीलाई लेक लागेर श्वासप्रश्वासमा समस्या भयो । त्यहाँभन्दा माथि पाँचपोखरी उक्लन नसक्ने भएपछि उनीहरुलाई राती बास बसेको कटेरामा नै बसाएर हामी पाँचपोखरीको यात्रातर्फ उकालो लाग्यौं ।
उकालो अनि निक्कै कठिनपूर्ण यात्रा गरेर पाँचपोखरी पुग्नुपर्ने रहेछ । वर्षायाम भएको कारण बाटोमा पानी बगेर बाटो नै खहरेखोला जस्तो भएको रहेछ । साथीहरुलाई लेक लागेर निक्कै सतायो । वाकवाकी र चिटचिटावटसहित हामी निक्कै कष्टपूर्ण रुपमा पाँचपोखरी उक्लिएरै छाड्यौं । विभिन्न लेकाली जडिबुटीसहित सुनपाती धुपीको वास्नाले स्वर्गको अनुभूति गराउँदै थियो ।


पाँच पोखरी पुगेपछि साँच्चै आनन्दर स्वर्गानुभूति भयो । हामीले सारा कष्ट विर्सियौं । पाँच पोखरीको दर्शन र अवलोकन गर्दै परिक्रम ग¥यौं । पाँचवटा फरक फरक पोखरी तर एकै ठाउँमा रहेको आश्चार्य लाग्दो पोखरी दर्शन गर्दै वरीपरीको पहाड,टाकुरा हिउँले ढाकिएका हिमाललाई नजिकैबाट दृष्यावलोकन गर्दै मनमष्तिष्कमा कैद ग¥यौं । भाद्र महिना भएपनि पोखरीको पानी जमेको थियो । २,४ पाइला पानीमाथि हिड्दै फोटो र भिडियो खिच्दै रमाइलो ग¥यौं ।
हामी अब पुनः जटापोखरी फर्कन लाग्यौ । फर्कदा हामीलाई धेरै समय लागेन । थकानपनि हराएजस्तै भयो । हामी छिट्टै जटापोखरी ओर्लियौं । साथीहरु आगोबालेर बसेका रहेछन् । थप दाउरा खोजेर चाउचाउको सुप बनाएर पेट ततायौं । रमाइलो ग¥यौं । बेलुका खहरे पुगेर बस्ने योजना बनाउँदै हामी ओरालो लाग्यौं । विहानको ११ बजे हामी जटापोखरीबाट हिड्यौ । मानेडाँडा पुग्दा बेलुकाको ४ बजिसकेको थियो । ओरालो सजिलो जस्तो लागेपनि खुट्टा पोको परेजस्तो भएर पाइला सार्न निक्कै सकस भएको थियो । आराम गर्दै हिड्दै हिजो बासबसेको पानीपाखा पुग्दा निक्कै अँध्यारो भइसकेको थियो । पाँचपोखरीमा लेक लागेर विरामी भएका साथी अगाडि थिए । उनीहरु खहरे पुगेर फोन गरे. । रातको १० बजिसकेको थियो । जोखिमपूर्ण यात्रागर्दै हामी अगाडि बढ्यौ । साथीहरुले सर्तक भएर आउनु भनेका थिए । मनमा डर पनि लाग्यो । सुनसान रात अप्ठ्यारो र भिरालो पहाडको बाटो । बाँकी साथीहरु संगसंगै हिड्न लाग्यौं । टाढाबाट देखिने उपल्लो खिम्ती जलविद्युत आयोजनाको हेडवक्समा बलेको वत्तीले हामीलाई कहिले डर अनि कहिले भरोसा दिएको आभाष हुन्थ्यो । थकित शरीर अनि डर भोक र प्यासले आत्तिएको मन लिएर कछुवा गतिमा हामी रातको १२.३० बजे आयोजना स्थल पुग्यौं ।
खहरे पुग्दा रात निक्कै गइसकेको थियो । अगाडि पुग्ने साथीले खानाको व्यवस्था गरेछन् । करीब ४८ घण्टापछि तातो भात खान पाउँदा निक्कै आनन्द आयो । खाना खाएर सुत्दा रातको २ बजेको थियो । भोलिपल्ट नास्ता गरेर करीब ९ बजे जिरीतर्फ लाग्यौं । जिरी आएर खाना खायौं । बेलुकाको बास चरिकोट बस्यौं । हाम्रो यात्रा काठमाण्डौं पुगेर सकियो ।

भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददाता

  दोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...

असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...

चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाता

  दोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...

स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददाता

साहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...

दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाता

भानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...

सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाता

ऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...

.