भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

श्रीमद् देवीभागवत महापुराण खर्च विवरण सार्वजनिक

1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

दोलखाको सदरमुकाम चरिकोटमा गत असोज महिनामा लगाइएको श्रीमद् देवी भागवत महापुराणको खर्च विवरण आज सार्वजनिक गरिएको छ । गत असोज महिनाको २८ गतेबाट ९ दिन सम्म लगाइएको श्रीमद् देवीभागवत महापुराणमा भएको खर्च विवरण पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरिएको हो । महापुराण व्यवस्थापन समितिका संयोजक कृष्ण बहादुर गौतमको संयोजकत्वमा भएको कार्यक्रममा व्यस्थापन समितिका सचिव बालकृष्ण आर्चालये महापुराण जम्मा १४ लाख ६६ हजार ४ सय ४१ रुपैयाँ रकम प्राप्त भएकोमा ११ लाख ४८ हजार ४ सय ५२ रुपैयाँ खर्च भएको जानकारी गराउनु भएको थियो ।
सबै खर्च कटाएर ३ लाख १७ हजार ९ सय ८ रुपैयाँ रकम बाँकी रहेको आर्चायले जानकारी दिनुभयो । महापुराणमा भीमेश्वर नगरपालिकाले १ लाख, कालिञ्चोक गाउँपालिकाले ५० हजार सोवित उप्रेती र प्रभुराम श्रेष्ठद्धारा ५१÷५१ हजार सहित ६ सय २६ जनाले दान गर्नु भएको छ । महापुराणको खर्च विवरण सार्वजनिक कार्यक्रममा भीमेश्वर नगरपालिका नगरप्रमुख ईश्वरनारायण मान्नधर,नगपालिकाका प्रवक्ता तारानाथ चौलगाई लगायतका स्थानीय तहका जनप्रतिनिधिसहित पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.