बुुुुुुुुुुुुुुुुुुुुुुुुढाभीमसेनका विद्यार्थीलाई पोशाक र स्टेशनरी सहयोग
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
बुढाभीमसेन माध्यमिक विद्यालय धरमघर दोलखामा विद्यालय पोशाक तथा स्टेशनरी सामग्री सहयोग गरिएको छ । भीमेश्वर नगरपालिका वडा नं ५ रहेको बुढाभीमसेन माध्यमिक विद्यालयका १ सय ११ जना बालबालिकालाई पोशाक तथा स्टेशनरी वितरण गरिएको हो ।
वाइज इन्टरनेशनल नेपाल प्रालि काठमाण्डौको १५ औं वार्षिक उत्सवको उपलक्ष्यमा सामुदाियक कार्य अन्तरगत विद्यार्थीलाई विद्यालय पोशाक र ट्रयाकसुट वितरण गरिएको विद्यालयका प्रधानाध्यापक राजन कार्कीले बताउनुभयो ।
बुढाभीमसेन माध्यमिक विद्यालयका पूर्व विद्यार्थीसमेत रहनुभएका वाइज इन्टरनेशनल नेपाल प्रालिका प्रबन्ध निर्देशक सुरज कुुँवरको पहल तथा समन्वयमा उक्त सामग्री सहयोग प्राप्त भएको हो ।
मंगरलबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी सहयोग हस्तान्तरण गरिएको थियो । वाइज इन्टरनेशनल नेपाल प्रालिका सञ्चालक सविता राणाले उक्त सामग्री हस्तान्तरण गर्नु भएको हो ।
भीमेश्वर नगरपालिका वडा नं ५ का वडाध्यक्ष बासु श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वाइज इन्टरनेशनल नेपाल प्रालिका प्रबन्ध निर्देशक सुरज कुँवर,विद्यालयका पूर्व अध्यक्ष बालकृष्ण कुवँर,विद्यालयका प्रधानाध्यापक राजन कार्की र विद्यार्थी अभिषेक कुमार धनुुकेले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघका पदाधिकारी,अभिभावक,शिक्षक विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रमको अवसरमा विद्यालयको तर्फबाट वाइज इन्टरनेशनल नेपाल र संस्थाका प्रबन्ध निर्देशक सुरज कुुँवरलाई प्रंससा पत्र प्रदान गरिएको छ ।
विद्यालयमा ६५ प्रतिशत दलित समूदायका बालबालिका रहेका छन् भने बाँकी अन्य समूूदायका रहेका छन् ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...