भर्खरै प्रकाशित: बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग

गाई पालनबाट मासिक १ लाख आम्दानी गर्दै नाम्दुका घिमिरे

1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

बुना घिमिरे
मंसिर २८
दोलखा बैतेश्वर गाउँपालिका–६ नाम्दुका पुण्यप्रसाद घिमिरे शिक्षण पेशा छोडेर गाई पालनमा रमाउन लाग्नुभएको छ । कृषिलाई व्यवसायिक बनाउने र गाउँमै सम्भावना खोज्ने उद्देश्यले घिमिरे व्यवसायिक गाईपालनमा लाग्नु भएको हो । केहि समय अगाडिसम्म विहान १० बजे देखि ४ बजे सम्म विद्यार्थीसंग रमाइ रहने पुण्य प्रसाद घिमिरेको दैनिकी हिजो आज पहिलेको भन्दा फेरिएको छ । घिमिरेलाई बिहान उठेदेखि बेलुका अबेरसम्म खेतबारीको काम र गाईबस्तुको हेरचाहमा भ्याई नभ्याई हुन्छ ।

घिमिरे दाइको पशुपन्क्षी फार्म दर्ता गरी नाम्दुको घिमिरेटारमा गाई पालन व्यवसाय शुरु गर्नुभएको हो । वि.स. २०७८ साल फागुनमा चितवनबाट गाई ल्याइ गाई फार्म संञ्चालन गर्नु भएको हो । फार्ममा अहिले जर्सी र स्टार जातका साना ठुला गरी १४ वटा गाई छन् । घिमिरे पहिले देखिनै राम्रा गाई भैसी पाल्ने भएका कारण अहिले व्यवसायिक रुपमा गाई पाल्न शुरु गर्नुभएको हो ।
घिमिरेसँगै अन्य दुई जनाले पनि फार्ममा लगानी गरेका छन् । ५२ लाख लगानीमा सुरु भएको फार्ममा ७ वटा गाई दुहुना छन् । फार्ममा रहेको एउटा गाईले २८ लिटरसम्म दुध दिने घिमिरे बताउनुहुन्छ । दुध बेचेर महिनाको डेढ लाख भन्दा बढि आम्दानी हुने गरेको उहाँको भनाई छ । फार्ममा उत्पादन भएकोे दुध चरिकोट सम्मको बजारमा ल्याउने गरिएको छ । मासिक १ लाख ५० हजार सम्म आम्दानी हुने गरेको छ । गाई फार्म लागि आबश्यक पर्ने घासको बन्दोबस्त पनि आफ्नै ६२ रोपनी जग्गामा व्यवस्थापन गर्नु भएको छ । फार्ममा नियमित रुपमा दुईजनाले प्रत्यक्ष र १० देखि १२ जनाले अप्रत्यक्ष रोजगारी पाएका छन् ।

केहि गरौँ भन्ने युवाका लागि घिमिरेले बाटो देखाउनु भएको छ । मिहेनत गर्न सक्नेका लागि पशुपालनमा राम्रो व्यवसाय भएको घिमिरे बताउनुहुन्छ । बजारमा दुधको माग रहेको र दुध स्टोर गर्नको लागि चिलिम फ्याट मेसिन रहेकाले अझै गाई थप गर्ने उहाँको लक्ष्य छ । ८ वटा थप गाई थपेर दिनमा तिन सय देखि ४ सय लिटर सम्म दुध उत्पादन गर्ने सोचाईमा घिमिरे हुनु हुन्छ । उहाँ दुध मात्रै होईन, फार्मबाट निस्किएको मलसमेत बिक्री गर्नुहुन्छ । तर हालसम्म सरकारी निकायबाट कुनै किसिमको सहयोग नपाएको घिमिरेको गुनासो छ । बाँझो रहेका जग्गाको सदुपयोग गर्दै माटो र हावापानी अनुसारको बाली लगाउन सके र व्यवसायिक रुपमा पशु पालन गर्न सके गाउँमै उन्नति गर्न सकिने घिमिरेको बुझाई छ ।
घिमिरेले अहिले टोल छिमेकमा बेरोजगार तथा विदेशिन थालेका युवाहरुलाई नेपालमै बसेर पशु व्यवसाय गरौँ भनेर समेत सल्लाह सुझाब दिनु हुन्छ । जग्गा जमिन बाझो रहेको अवस्थामा बाझो जमिनको उपयोग गरी घाँस खेती गर्दै फार्म संञ्चालन गर्नु भएका घिमिरेले पशुपालन व्यवसायबाट केही गर्न सकिन्छ भन्ने उदाहरण बन्नु भएको छ तर उद्यमशील किसानलाई सरकारले आवश्यक सहयोग नगरेकोमा भने दुखेसो पनि छ । यसरी लगानी गरिरहेका उद्यमशील कृषकलाई प्रोत्साहनको लागि स्थानीय सरकारले थप सहयोग गर्नु पर्ने कृषि क्षेत्रमा काम गर्ने बताउँछन् ।

 

भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददाता

  नेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

.