नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
10 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक कुमार दहाल र संगिता पाख्रीन सचिव मोहन थापा,उपसचिवमा प्रकाश कुमार केसी,बैकुण्ठ भण्डारी,ताम प्रसाद आपागाईसहित ९१ सदस्यीय जिल्ला संगठन कमिटि सर्वसम्मत गरेको हो ।
अधिवेशनको समारोहको उद्घाटन पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले उद्घाटन गर्नुभएको हो । नेकपा एकीकृत समाजवादी दोलखाका अध्यक्ष भीम प्रसाद दहालको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा उपमहासचिव एवँ बागमती प्रदेशका इन्चार्ज गंगालाल तुलाधर,वागमती प्रदेश अध्यक्ष सावित्रा भुषाल,केन्द्रिय निर्वाचन आयोगका अध्यक्ष माधव पौडेल,पोलिट्व्युरो सदस्य शीव प्रसाद भण्डारी,केन्द्रिय सदस्यहरु गोपाल न्यौपाने,महेन्द्र बहादुर कार्की,लगायतका नेताहरु,प्रतिनिधि सभा सदस्य एवम नेकपा माओवादी केन्द्रका नेता गंगा कार्की, कांग्रेस नेता एवम वागमती प्रदेश सभाका सदस्य कुन्दनराज काफ्ले लगायतले समारोहमा सम्बोधन गर्नु भएको थियो । ।
भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददातादोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...
असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...
चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...
स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददातासाहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...
दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाताभानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...
सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाताऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...