भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

साना किसान कृषि सहकारी सुनखानी, व्यवसायिक कृषक बनाउने अभियानमा

1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

दोलखाको कालिञ्चोक गाउँपालिकामा रहेको हाम्रो साना किसान कृषि सहकारी संस्थाको पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख बजुराम घतानीको प्रमुख आतिथ्यतामा सम्पन्न सभालाई सम्बोधन गर्दै सहकारीले कृषिका क्षेत्रमा शुरु गरेको नयाँ अभियानले कृषकको जीवनस्तरमा परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो । शेयर सदस्यको जीवनमा सम्मृद्धि ल्याउने कार्यक्रम सञ्चालन गर्न समेत प्रमुख घतानीले सुझाव दिनुभयो ।
सहकारीमा एक वर्षमा ३ सय ४३ जना शेयर सदस्य आवद्ध भएका छन् । गतवर्ष पौष ५ गतेबाट सञ्चालन भएको सहकारीमा एक वर्षको अवधिमा ३ सय ४३ जना शेयर सदस्य सहकारीमा आवद्ध भएको सहकारी संस्थाले जनाएको छ ।


एक वर्षको अवधिमा गाउँपालिकाका वडा नम्वर ७,८ र ९मा ४५ वटा सहकारीका विभिन्न किसान समुुहहरु समेत गठन गरिएको छ । सहकारी संस्थाले कृषकहरुले उत्पादन गरेको कृषि सामग्रीहरु विक्री वितरणका लागि हाटबजार लगाउने लगायतको योजना रहेको सहकारीका अध्यक्ष होम प्रसाद पाठकको भनाइ छ ।
“सबै घरपरिवार कृषिमा संलग्नता, पौरखी किसान निर्माण हाम्रो प्रतिवद्धता” भन्ने मुुल नारासहित सहकारीले पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा सहकारीका सहसचिव सुन्दर श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष तुलसा बसेलले १० लाख ३९ हजार ८ सय रुपैयॉ बराबर आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी लेखासुपरिवेक्षण समितिका संयोजक लक्ष्मी सेढाईले लेखासुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सहकारी संस्थाका अध्यक्ष होमप्रसाद पाठकको अध्यक्षतामा भएको कार्यक्रम वडा नम्बर ९ का अध्यक्ष रामप्रसाद मैनाली,वडा नम्बर ८का वडा अध्यक्ष सूर्यप्रसाद आर्चाय, जिल्ला सरकारी संघ दोलखाका महासचिव दिल बहादुर केसी, गाउँपालिकाका पूर्व उपाध्यक्ष कालिका पाठक, आनन्ददायक बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गंगा पौडेल,कालिनाग बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष सङग्राम बहादुर आर्चाय,निलकमल कुषि सहकारी संस्थाका अध्यक्ष कल्पना शर्मा,सहकारी संस्थाका उपाध्यक्ष बद्रिनाथ शिवाकोटी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.