भर्खरै प्रकाशित: राउत गाउँको रायोको साग बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त

ढुङ्गा कटिङबाट लाखौ कमाइ गर्दै सुनखानीका युवा

1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

कालिञ्चोक गाउँपालिका वडा ७ का २२ वर्षीय विवेकराज शिवाकोटी अहिले आफ्नै ढुङ्गा काट्ने कारखानामा व्यस्त हुनुहुन्छ । संगैका साथीहरु कोही विदेश गए,कोही जाने तरखर गर्दैछन तर विवेकराज भने जन्मस्थल कालिञ्चोक ८ सोतीबजार नजिकै ढुङ्गा काटेर विभिन्न आकारमा सजाइएका सामग्री निर्माणमा व्यस्त हुनुहुन्छ । उहाँलाई भने आफ्नै कारखानामा खुुसी मिलेको छ । सोतीबजारमा निर्माण भएका ढुङ्गा कटिङ अहिले जिल्लाभित्र र जिल्ला बाहिर जाने गरेका छन् ।
करिब २० वर्ष अगाडि विवेकराजका बुबा झलक प्रसाद शिवाकोटीले भक्तपुरमा ढुङ्गा काटेर विभिन्न आकारमा सजाइएको उद्योग देख्नुभएको थियो । सरकारी गाडी चलाउने शिवाकोटीलाई आफ्नो गाउँमा पनि यस्तै उद्योग चलाउन पाए हुन्थ्यो भन्ने लाग्यो । त्यही प्रेरणाले वि.सं २०६८ सालमा कालिञ्चोक गाउँपालिका ८ सोती बजार नजिकै ढ्ङ्गा कटिङको काम शुरु गर्नुभयो ।


शुरुका दिनहरुमा पोखराबाट कालिगढ झिकाएर ढुङ्गा काट्ने काम शुुुरु भयो । त्यो समयमा स्थानीय ढुङ्गा काठमाण्डौ र भक्तपुरमा निर्यात हुन थाल्यो । शिवाकोटीले नै पहिलोपटक वि.स.२०६८ सालमा स्लेट ढुङ्गा काट्ने उपकरण र सीप भित्रयाउनुु भएको थियो । हाल नागल,फोबुटा,कार्लेस लगायतका मागअनुसारका बुट्टाहरु तयार हुुने गरेको छ । अहिले काठमाण्डौको पशुुपति क्षेत्र ,भक्तपुुर दरबार स्क्वायर,धादिङ र ओखलढुङ्गा लगायतका स्थानमा पनि दोलखा कालिञ्चोकका अर्डर अनुसारका ढुुङ्गा पुुग्ने गरेको प्रोपाइटर विवेकराज शिवाकोटीले बताउनुभयो । काटिएका ढुङ्गा पुरातत्वका काममा बढी खपत हुने गरेको छ । जिल्ला बाहिर र जिल्लाभित्र गरी वार्षिक ५० लाख बराबरको ढुुुुुुङु्गा बिक्री हुने गरेको शिवाकोटीको भनाइ छ ।
हाल वि एण्ड वि सप्लार्यस कम्पनी दर्ता गरी उक्त सप्लायर्सले जिल्ला र जिल्ला बाहिरका मठमन्दिर,गुम्बा,धारा,चौतारा,पाटीपौवा लगायत ऐतिहासिक तथा पुरातत्व संरचना निर्माणका लागि उक्त स्थानमा काटिएका ढुङ्गा प्रयोग हुँदै आएका छन् ।
भुकम्पपछि लोप हुँदै गएको परम्परागत प्रविधिलाई समेत टेवा पुुगेको छ । खानीमा सिलौटो,लोहोरो,ओखल,जाँतो,ढिकी,शिवलिङ्ग,ढुुुुुुुुुुुुुुङु्गेधारा,ढुङ्गे साँगु लगायतका सामग्री समेत उत्पादन हँुुुुुुुुुुुुुुुुुुदै आएका छन् । परम्परागत प्रविधिका सामग्री स्थानीय स्तरबाट माग हुुन्छ । बजारको समस्या छैन् । काम गर्ने कालिगढको अभाव भने भइरहने सञ्चालकको गुुनासो छ ।


हाम्रा पितापुर्खाले पातमा पैसा हुन्छ भन्थे । जान्यो र मेहनत ग¥यो भने नेपालमा ढुङ्गा, बेचे पनि पैसा आउँछ भन्नुहुन्थ्यो । झलक थप्नुहुन्छ–‘त्यो आज साँचो रहेछ गर्न सके पैसा पैसा छ ।’
स्थानीय नागरिकका खेतबारीमा रहेका ढुुुुुुुुुुुुुुुुुुुुुुुुुङ्गा किनेर सप्लायर्सले प्रयोग गर्दै आएको छ । वार्षिक रुपमा स्थानीयले ढुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुङ्गा बिक्रीबाटै ३० देखि ४० लाख आम्दानी गर्ने गरेका छन् । ढुङ्गाखानीमा १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
गाउँमा जति नै आम्दानी भएपनि युवाहरु काम गर्न लजाउने अनि शहर र विदेशको मोहका कारण गाउँघरमा काम गर्ने युवा पाँइदैन शिवाकोटीले भन्नुभयो । अधिकाशं काम विजुलीबाटै हुने तर दिनहुँ विजुुली जाने र आउने समस्या भएका कारण पूरा काम गर्न समस्या हुने उहाँको गुनासो छ ।
४ वषदेखि ढङु्गा प्रशोधन केन्द्रमा प्रोपाइटरको रुपमा रहेका विवेराज शिवाकोटी आपनो पेसाप्रति निक्कै सन्तुुुुुुुुुुुुष्ट देखिनुु भएको छ । हामी जस्ता युवाहरु रोजगारीको लागि विदेश लागे । आफ्नै गाउँमै ढुङ्गाको व्यापार राम्रो भएकाले विदेश जाने सोच त्यागे विवेकराजको भनाइ छ ।

राउत गाउँको रायोको साग
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  त्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...

अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाता

  विरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

.