भर्खरै प्रकाशित: राउत गाउँको रायोको साग बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त

चरिकोटमा साङ्गीतिक गजल साँझ हुने

1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

दोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग वाणिज्य संघको आयोजना तथा भानुविद्यापति साहित्य प्रतिष्ठान दोलखाको संयोजनमा महोत्सवको दोस्रो दिन गजल साँझको आयोजना गर्न लागेको हो ।
कार्यक्रममा चर्चित गजलकारहरु भविन ढुङ्गना,डा.प्रदिप कुमार मैनाली,लालकाजी श्रेष्ठ ,जीत कार्की लगायत स्थानीय गजलकारहरुको समेत साङ्गीतिक गजल प्रस्तुति रहने दोलखा संस्कृति प्रतिष्ठानका अध्यक्ष शङ्करलाल श्रेष्ठले बताउनुभयो ।
पुष १३ गतेबाट महोत्सव शुरु हुने छ भने दोस्रो दिन १४ गते दिउँसो ४ बजेबाट चरिकोटको सातदोबाटो चोकमा साङ्गितिक साँझ हुने छ । करिब ३ घण्टा सञ्चालन गरिने गजल साँझमा जिल्लाका कला,साहित्यका पारखी,कवि,गजलकार तथा सम्पूर्ण साहित्यकार लगायत उद्योग वाणिज्य संघ,उद्यमी,व्यापारी,आगन्तुक पाहुनासहित स्थानीयको बाक्लो उपस्थिति रहने आयोजकले अपेक्षा गरेको छ ।

“दोलखा महोत्सवको दिब्य दृष्टि, आर्थिक क्रान्तिको नयाँ सृष्टी” नारासहित पुष १३ गते देखि पुष २२ सम्म सञ्चालन हुने छ । प्रधानमन्त्री पुष्पकमल दहालले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

राउत गाउँको रायोको साग
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  त्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...

अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाता

  विरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

.