एमाले दोलखा जिल्ला अधिवेशनको निर्णय, पत्रकार सम्मेलनमार्फत सार्वजनिक
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
नेकपा एमाले दोलखाको दशौँ जिल्ला अधिवेशन आयोजक कमिटीले पत्रकार सम्मेलन मार्फत वैठकका निर्णय सार्वजनिक गरेको छ । प्रेस चौतारी नेपाल दोलखाले आयोजना गरेको पत्रकार सम्मेलनमा यहि पौष १६ र १७ गते बसेको आयोजक कमिटीको वैठकले गरेको निर्णयहरु पार्टी संयोजक नर बहादुर श्रेष्ठले जानकारी गराउनु भएको हो ।
पार्टी इन्चार्ज कमल प्रसाद चौलागाईँको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलन मार्फत दशौं जिल्ला अधिवेशन भव्यताका साथ सम्पन्न गर्ने निर्णय सार्वजनिक गरेको छ । बैठकले विभिन्न विषयगत समिति निर्माण गरेको छ । वैठकले नर बहादुुर श्रेष्ठको संयोजकत्वमा १ सय ८० सदस्यीय अधिवेशन मूल व्यवस्थापन समिति निर्माण गरेको छ । राजेन्द्र मानन्धर संयोजक रहेको प्रतिनिधि व्यवस्थापन समिति,मुरारिराज शिवाकोटीे संयोजक रहेको आर्थिक व्यवस्थापन समिति,हिरा कुमार थोकरको संयोजकत्वमा जनपरिचालन तथा यातायात व्यवस्थापन कमिटि निर्माण गरिएको छ ।
दशौं जिल्ला अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्न सुुन्दर कार्कीको संयोजकत्वमा ¥याली व्यवस्थापन कमिटि,प्रभुु जिरेल संयोजक रहेको प्रचार प्रसार कमिटि,हरि वलीलाई खाद्य व्यवस्थापन कमिटिमा जिम्मेवारी प्रदान गरिएको छ ।
हल तथा मञ्च व्यवस्थापन समिति संयोजकमा नविन कुमार लामा,झाँकी तथा साँस्कृति कार्यक्रम व्यवस्थापन समिति संयोजकमा जिवसराज खड्का,स्वयमसेवक परिचालन कमिटि संयोजकमा शक्ति पाठक,कमला बस्नेतको संयोजकत्वमा अतिथि सत्कार कमिटि,स्वास्थ्य व्यवस्थापन कमिटि संयोजक धु्रब आर्चायलाई जिम्मेवारी प्रदान गरेको पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।
प्रेस चौतारी नेपाल दोलखाका अध्यक्ष प्रभु जिरेलको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा वागमती प्रदेश सभा सदस्य भरत केसी,दशौं जिल्ला मूल व्यवस्थापन समिति संयोजक नर बहादुर श्रेष्ठ,सहसंयोजक राजेन्द्र मानन्धर लगायत नेकपा एमाले प्रदेश कमिटि पदाधिकारी,जिल्ला कमिटि पदाधिकारी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
राउत गाउँको रायोको साग
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...