भर्खरै प्रकाशित: दोलखा जिलु गाउको डोकोको कथा प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे शिक्षक भलिबल प्रतियोगिताको तयारी पूरा स्वर्ण महोत्सव मनाउँदै हिलेपानी संस्कृत मावि  कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन दोलखाका छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान

सुनखानीको सुनपधेँलीमा महान सत्संग आयोजना

1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

दोलखाको कालिञ्चोक ८ सुनखानी स्थित सुनपधेँलीमा महान सत्संग कार्यक्रम आयोजना गरिएको छ । नेपाल मानव धर्म सेवा समिति अन्तगरगतका स्थानीय भक्तजनको संयोजनमा पितृ उद्दार र शान्ति स्थापनाका लागि कार्यक्रमको आयोजना गरिएको अभियन्ता गौतम शिवाकोटीले बताउनुभयो ।


ऐतिहासिक एवम धार्मिक स्थल सुनपधेँलीमा आयोजना गरिएको महान सत्संघ कार्यक्रममा वडा नं ८ का वडाध्यक्ष बालकृष्ण आचार्य,नेपाल मानव धर्म चरिकोट शाखाका पदाधिकारी,दोलखाका विभिन्न भेग र भूगोलकाभक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो । मानव धर्म सेवा समिति चरिकोट शाखाका प्रमुख विणा वाइजी र मानवी वाइजीले सत्संग प्रवचन दिनुभएको थियो भने विभिन्न भजन कृतनसमेत गरिएको थियो ।

ऐतिहासिक तथ्य तथा स्थानीयको भनाई अनुसार वि.स.१८४० तिर शिवाकोटीहरुका पूर्खा गोवर्धन र महेश्वर नामका शिवाकोटीले चौघरा भवन निर्माण गरेसंगै सुनपधेँली पनि अस्तित्वमा रहेको थियो । स्थानीय जानकारका अनुसार शिवाकोटीहरुका पूर्खाले विहानको नित्यकर्म गर्ने समयमा नाग आएर सुन दिने गरेको किंवदन्ती रहेको छ । शिवाकोटीहरुले कुल मान्न्ने गरेका नागले सुन दिने किंवदन्तीअनुसार यस स्थानको नाम सुन पधेँली रहन गएको हो ।

 

दोलखा जिलु गाउको डोकोको कथा
5 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  दोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...

प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाता

प्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददाता

नेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...

वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि  द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

.