नेकपा एमाले जिल्ला कमिटि दोलखाको सपथ ग्रहण
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
नेकपा एमाले दोलखाको निर्वाचित कमिटिको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले दोलखाको माघ २२ गते देखि २५ गते सम्म भएको १० औँ जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ ९० जनाको कमिटिलाई सपथ ग्रहण गराइएको हो । नव निर्वाचित पार्टीका अध्यक्ष नर बहादुर श्रेष्ठ,उपाध्यक्ष राजेन्द्र मानन्धर,सचिव सोयम बहादुर खड्का र उपसचिवहरु कमला बस्नेत र हरि ओली सहित ९० जनालाई अधिवेशनका प्रमुख निर्वाचन अधिकृत शङ्करलाल श्रेष्ठले शपथ ग्रहण गराउनु भएको थियो । शपथ ग्रहण कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य एंव दोलखाका ईञ्चाज कमलप्रसाद चौलागाई,पार्टीका केन्द्रिय सदस्य सरस्वती बस्नेत र नयाँ निर्वाचित पार्टी अध्यक्ष नर बहादुर श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेकपा एमाले दोलखाको १०औँ जिल्ला अधिवेशनबाट प्रतिस्पर्धी ईश्वरचन्द्र पोखरेललाई ९५ मतान्तरले पछि पार्दै नर बहादुर श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । विजयी श्रेष्ठले ३३३ मत पाउँदा उहाँका प्रतिस्पर्धीहरू पोखरेलले २३८ र भरत दुलालले ३८ मत पाउनुभएको थियो ।
एमाले दोलखाको उपाध्यक्षमा ३३६ मत ल्याएर राजेन्द्र मानन्धर विजयी हुनुभएको छ भने उपाध्यक्ष पदका अर्का उम्मेदवार हिरा थोकरलाई ७३ मतान्तरले पराजित गर्दै मानन्धर विजयी हुनु भएको हो । थोकरले २६३ मत पाउनुभएको थियो ।
यस्तै, सचिव पदमा स्वयमबहादुर खड्का विजयी हुनु भएको छ भने खड्काले ३ सय ४ मत पाउँदा प्रतिस्पर्धी उपाध्यक्षका उम्मेदवार कृष्ण बस्नेतले २ सय ८४ मत पाउनुभएको थियो ।
यसैबीच उपसचिव पदमा खुला पुरुषतर्फ हरि ओली र महिला उपसचिवमा कमला बस्नेत निर्वाचित हुनुभएको छ । नेकपा एमाले दोलखाको जिल्ला कमिटि ९० जना निर्वाचित भएका छन् ।
अन्तिम मत परिणाम यहाँ हेर्न सक्नुहुने छ ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...