भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

रामेछापमा उपमेयर्स फोरम गठनःसंयोजकमा ईश्वरी बस्नेत

1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
ईश्वरी बस्नेतको संयोजकत्वमा रामेछापमा स्थानीय तहका उपप्रमुख तथा प्रमुखहरुको उपमेयर्स फोरम गठन गरिएको छ । सोमबार रामेछाप मन्थली नगरपालिकामा सम्पन्न न्यायिक समितीको अन्तरपालिकास्तरीय बैठकले ८ सदस्यीय फोरम गठन गरेको हो ।
फोरममा रामेछाप नगरपालिकाका उपमेयर बालकुमारी थापा कार्की सहसंयोजक रहनुभएको छ भने अन्य ६ पालिकाका उपाध्यक्षहरु सदस्य रहनु भएको जनाइएको छ । स्थानीय तहमा सम्पादन गर्ने कामहरुको अनुभव आदान प्रदान गर्ने मुख्य उद्देश्य राखेर उपप्रमुख तथा उपाध्यक्षहरुको फोरम गठन गरेको द एसिया फाउण्डेशनका बागमती प्रदेश संयोजक उद्धबप्रसाद अधिकारीले बताउनुभयो ।
संयोजक अधिकारीका अनुसार पालिकाहरूको आपसी सिकाइ आदानप्रदान र बिषयगत समितिको भूुमिका तथा जिम्मेवारीमा एकरूपता ल्याउनका लागि सहयोग पुुग्ने छ । ‘न्यायिक सम्पादन लगायतका बिषयगत समितिका काममा सहज हुने नवगठित फोरमका संयोजक ईश्वरी बस्नेतको विश्वास छ । आफ्ना क्षेत्राधिकारमा संगठित रुपमा काम गर्न सहज हुने रामेछाप नगरपालिकाका उपमेयर एंवम् फोरमका सहसंयोजक बालकुमारी थापाको विश्वास छ ।
कार्यक्रममा सहभागी एक सहभागीले स्थानीय तहमा छलफल गर्नुपर्ने र स्पष्ट हुनु पर्ने सवाल धेरै भएकाले विषय एकरूपता र समाधान खोज्नका फोरम सहयोगी बन्ने सहभागी सदस्यको भनाइ छ । कार्यक्रममा रिनोभेशन नेपालका कार्यकारी निर्देशक रामबाबु नेपालले न्यायिक समिति सुचना व्यवस्थापन प्रणालीको प्रयोग र यसको प्रभावकारीका बारेमा प्रस्तुति गर्नुभएको थियो । सुचना व्यवस्थापन प्रणालीको प्रयोगले न्यायिक समितिलाई प्रक्रियागत रूपमा सहयोग पुग्नुका साथै कानुनी ढाँचाहरूमा लिखत तयार गर्न सहयोग पुग्ने धारणा राख्नुुभयो ।
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.