भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

जनप्रतिनिधिसंग जनसचेतन अभियान कालिञ्चोकबाट शुुरु

1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

फागुन १०

दोलखाको कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले सहकारीसँग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । जनसचेतन बचत तथा ऋण सहकारी सहकारी दोलखाले आयोजना गरेको जनप्रतिनिधिसँग जनसचेतन कार्यक्रमलाई सम्वोधन गर्नुहुदैँ शिवाकोटीले देशकै नमुना सहकारी संस्था जनसचेतनसँग सहकार्य गरेर काम गर्न पालिका तयार रहेको बताउनु भएको हो । शिवाकोटीले भन्नुभयो,“कृषि,पशुुपालन,सहितका नागरिकको जिविको पार्जनका लागि पालिका सहकारीसँग सहकार्य गरेर काम गर्न तयार छ ।” शिवाकोटीले सहकारीको भाखानाघेको ऋण उठानका लागि समेत पालिकाले पहल गरि दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । ऋण तिर्न सक्ने ऋणीहरुसँग पालिकाले प्रदान गर्ने सेवासुविधाहरु रोकेर भएपनि ऋण उठाउन पहल गरिदिने शिवाकोटीले वताउनु भयो ।
गाउँपालिकासँग सहकार्य गरेर शेयर सदस्यहरुको जीविकोपार्जनका लागि स्थानीय सरकारसंग समन्वय गरी काम गर्ने उद्धेश्यले सहकारी सहकारीले जनप्रतिनिधिसँग जनसचेतन कार्यक्रमलाई सुरु गरेको हो ।
जनसचेतनका जनसम्पर्क शाखा प्रमुख राजन दहालका अनुसार गाउँपालिकासंगको सहकार्यमा सहकारी अभियानलाई विश्वसनीय र भरपर्दो बनाउने अभियान अन्तरगत कार्यक्रम गरिएको हो । सहकारीले कालिञ्चोकमा आज पहिलो कार्यक्रम गरेको हो । कार्यक्रम जिल्लाका ९ वटा पालिका क्रमश गर्दै लगिने सहकारीका वरिष्ठ उपाध्यक्ष गोपालध्वज श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा जनसचेतन बचत तथा ऋण सहकारी संस्थाका वरिष्ठ उपाध्यक्ष गोपालध्वज श्रेष्ठले सहकारी कार्यक्रममा संस्था र गाउँपालिकाले समन्वय गरेर गर्न सक्ने कार्यक्रम,संस्थाको अवस्था, सहकारी संस्थाहरुले गरि रहेको गतिविधि,गाउँपालिको भूूमिका र अपेक्षाका विषयमा सहजीकरण गर्नुभएको थियो ।
कालिञ्चोक गाउँपालिकाको कार्यालयमा भएको जनप्रतिनिधिसंग जनसचेतन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कुल बहादुर बुढाथोकी,गाउँपालिका प्रमुख प्रसासकीय अधिकृत नवराज वली,वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु,जनसचेतन सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दहाल,जनसम्पर्क अधिकृत राजन दहाल,लेखा तथा प्रशासन अधिकृत नविन्द्र रिमाल जनसचेतन सुन्द्रावती सेवा केन्द्र प्रमुख गणेश थामी लगायतको उपस्थिति रहेको थियो ।

 

 

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.