गाउँमै हाटबजार सञ्चालनःकृषक उत्साहित
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
कालिञ्चोक गाउँपालिका दोलखाको मिलघुम्तीमा आजबाट हाट बजार शुुरु भएको छ । गाउँपालिकाको वडा नं ८ मा रहेको मिलघुम्तीमा आज एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले उद्घाटन गर्नुुुुुुुुुुु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष शिवाकोटीले कृषकहरुको आर्थिक वृद्धि गर्नका लागि रकमको अभाव नहुने वताउनुभयो । कृषि उपज व्यापार केन्द्र (हाटबजारको उद्घाटन कार्यक्रममा बोल्नुहुदैँ शिवाकोटीले कृषकहरुको आर्थिक वृद्धिका लागि रकम अभाव नहुने वताउनु भएको हो ।
शिवाकोटीले कृषकहरुले उत्पादन गरेको कृषी सामग्रीहरुको प्रवद्र्धनका लागि समेत पालिकाले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । हाम्रो साना किसान कृषि सहकारी संस्थाको समन्वय, कालिञ्चोक गाउँपालिका र वडा नम्वरको ८ को सहकार्यमा सुनखानीको मिलघुम्तीमा हाटबजार सञ्चालन गरिएको हो ।
कृषकहरुको जीवीकोपार्जनमा टेवा पु¥याउने उद्धेश्यले सुरु गरिएको हाट बजार प्रत्येक महिनाको १० र २५ गते सञ्चालन हुने सहकारी संस्थाका अध्यक्ष होमप्रसाद पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार हाटबजारमा तरकारी, फलफुल, मसला, अन्नपात, दुग्धजन्य पदार्थ, अचार, विभिन्न प्रकारका गेडागुडी, दाल, कृषि सामाग्री,मासुजन्य पदार्थ, बिउबिजन, बिरुवाहरु, डोकोडालो, खुकुरी, हसियाँ समेत विक्रीका लागि राखिएका थिए ।
हाटबजार केन्द्रका संयोजक नन्दराज शिवाकोटीका अनुुुसार पहिलो हाटमा २ लाख ५० हजार बराबरको कारोबार भएको छ । हाटबजार सञ्चालनमा आएसंगै कृषकहरु निक्कै उत्साहित भएका छन् ।
कालिञ्चोक गाउँपालिका वडा नम्वर ८ का वडा अध्यक्ष सुर्य बहादुर आर्चायको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कुल बहादुर बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत नवराज ओली, राष्टिय स्वतन्त्र पार्टीका जगदीश खरेल, वडाअध्यक्षहरु राम पाण्डे, भरत पाण्डे, पदम थामी, सहदेव खडका,जिल्ला सहकारी संघका देवी प्रसाद शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष दीपशंकर चौलागाई, नेपाल कृषि सहकारी केन्द्रीय संघका सौरव थापा, हुराडेक नेपालका सुन्दर लामिछाने, ग्रामीण विकास टुकिसंघका पुरुषार्थ श्रेष्ठ, स्थानीय सहकारीका तर्फवाट संग्रामबहादुर आचार्यले हाट बजारको सम्भावना र प्रभावकारीताका विषयमा धारणा व्यक्त गर्नुभएको थियो ।
भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...