सहकारीलाई विश्वसनीय बनाउन कालिञ्चोकमा साझा प्रतिवद्धता
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखाको कालिञ्चोक गाउँपालिकामा सहकारी नियमनका लागि गाउँपालिकाले कार्यक्रमको शुरुवात गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाले सहकारी क्षेत्र व्यवस्थित र मर्यादिन बनाउने अभियान शुरु गरेको हो ।
गाउँपालिका भित्रका सहकारी सञ्चालक र व्यवस्थापकको भेलाले ३० बुँदे प्रतिवद्धतापत्र समेत जारी गरेको छ । गाउँपालिका सहकारी व्यवस्थित गर्ने अभियानमा लागेको गाउँपालिका अध्यक्ष अर्जुुन प्रसाद शिवाकोटीले बताउनुभयो । उहाँका अनुसार सरकारको तीन खम्बे अर्थनीति भित्र सहकारीलाई समावेश गरेको हुँदा स्थानीय सरकारले सहकारी सम्बर्द्धन र प्रवर्द्धनको लागि आवश्यक सहयोग उपलब्ध गराउने छ ।
स्थानीय तहमा सहकारी शाखाको व्यवस्था गर्ने र सहकारीका गतिविधिहरु नियमित रुपमा अध्यावधिक गर्ने भेलाले जारी गरेको प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ । सरकारको तीन खम्बे अर्थनीति भित्र सहकारीलाई समावेश गरेको हुँदा स्थानीय सरकारले सहकारी सम्बर्द्धन र प्रवर्द्धनको लागि आवश्यक सहयोग उपलब्ध गर्ने,दर्ता भएका तर सञ्चालनमा नआएका सहकारी संस्थाहरुलाई प्रकृया पुर्याइ क्रमशः संचालन वा खारेज गर्ने लगायतका बुँदा समेटिएको छ ।
सहकारी क्षेत्र थप व्यवस्थित र समयानुकूल गाउँपालिका सहकारी ऐन संशोधन गर्न होम पाठकको संयोजकत्वमा ७ सदस्यीय सुझाव कार्यदल समेत गठन गरेको छ । कार्यदललाई एक महिना भित्र सुझाव पेश गर्न समय तोकिएको छ ।
गाउँपालिका उपाध्यक्ष कुलबहादुर बुढाथोकीको अध्यक्षतामा भएको भेलाले सहकारीको सुरक्षाका लागि सहकारी संस्थाले भल्ट व्यवस्थापन, नगद व्यवस्थापन र बीमा अनिवार्य रूपमा गर्नु पर्ने प्रतिबद्धतामा उल्लेख छ । निर्देशनको बेवास्ता गरेर सहकारी चोरी भए चोरी बराबरको रकम सञ्चालक समिति, लेखा समिति र कर्मचारीले दामासाही व्यहोर्नुपर्ने समेत उल्लेख छ ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओली, जिल्ला सहकारी संघका महासचिव दिलबहादुर केसी,कोषाध्यक्ष नवीनकुमार खतिवडा,वडाध्यक्षहरू बालकृष्ण आचार्य, राम पाण्डे, भरत पाण्डे, सहकारीकर्मीहरू गंगा पौडेल, कमल कार्की, निरबहादुर बस्नेत, होम पाठक, सिर्जना थामी लगायतले सहकारीका समस्या र समाधानका उपाय सुझाव दिएका थिए ।
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...