जनसचेतनको सञ्चारकर्मीसंग अन्तरक्रिया कार्यक्रम
12 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखाको मैनापोखरीमा सञ्चारकर्मीसंग जनसचेतन साक्षात्कार कार्यक्रम आयोजना गरिएको छ । शनिबार जनसचेतन बचत तथा ऋण सहकारी संस्था दोलखाले संस्थाको मुख्य कार्यालय मैनापोखरीमा दोलखाका सञ्चारकर्मीसंग साक्षात्कार गरेको हो ।
वर्तमान समयमा सहकारीमा देखिएका समस्या न्युनीकरण गरी सहकारी अभियानलाई थप प्रभावकारी बनाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण भएकाले कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष हेमन्त चौलागाईँको भनाई छ ।
सञ्चार क्षेत्रसंग निरन्तर सहकार्यको दीर्घकालीन योजना बनाएर जानुपर्ने,संस्थाको गरिमा जोगाउन सञ्चालकहरु मितव्ययी र इमान्दार भएर लाग्नुपर्ने,संस्थाले गरेका सबल र असल अभ्यासको तथ्याङ व्यवस्थित बनाउनु पर्ने, ऋण लगानीका क्षेत्रका विषयमा अनुसन्धान गरी लगानीका क्षेत्रमा रुपान्तरण गर्नुपर्ने लगायतका सुझाव जिल्लाका सञ्चारकर्मीहरुले कार्यक्रमको सन्दर्भमा दिएका थिए ।
सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै संस्थाका अध्यक्ष हेमन्त चौलागाईँले सहकारीमा अरु चुनौति भएपनि वित्तीय सूचकमा बलियो भएका कारण सहकारीलाई पूर्ण विश्वास गर्न आग्रह गर्नुभयो । “सहकारी सबै हिसाबले सकारात्मक,व्यवस्थित र मर्यादित छ । अब सहकारीलाई अझ बलियो बनाउन सबैको हातेमालो आवश्यक । सञ्चारकर्मीले अभियानलाई सकारात्मक रुपमा प्रचार गरिदिनुस ।” उहाँले भन्नुभयो ।
सहकारीले सञ्चार क्षेत्रसंग सम्बन्ध बलियो बनाउन योजना बनाएर सहकार्य गर्ने समेत अध्यक्ष चौलागाईँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
वर्तमान समयमा सहकारीमा देखिएका समस्याका कारण आपना शेयर सदस्यमा निराशा छाएको छ । शेयर सदस्यको निराशालाई आशामा परिणत गर्न सञ्चार क्षेत्रले सकारात्मक सन्देश दिनुपर्ने कुरामा संस्थाको जोड रहेको छ ।
कार्यक्रममा जिल्लाका पत्रकार,सहकारीका सञ्चालक,प्रमुख कार्यकारी अधिकृत र विभिन्न विषयगत शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।
सहकारीको समग्र अवस्थाका विषयमा जानकारी दिँदै संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दहालले सहकारी संस्था र सञ्चारकर्मीबीच सम्बन्ध सुदृढ गरी संस्थाका सबल पक्षको प्रचार गर्ने उद्देश्यले सञ्चारकर्मीसंग जनसचेतन कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत दहालका अनुसार मुख्य कार्यालय मैनापोखरी बजारमा रहेको छ । जहाँ साँढे ४ तलाको सुविधा सम्पन्न भवनबाट सेवाका कार्यक्रम सञ्चालन हुँदै आएको छ भने मुख्य कार्यालयसहित १७ वटा सेवा केन्द्रबाट सेवा दिँदै आएको छ । संस्थामा हाल ४० हजारको नजिक शेयर सदस्य रहेका छन् । पछिल्लो तथ्याङक अनुसार २ अर्व ४८ कारेड ९२ लाख ६६ हजार बराबर संस्थाको कारोबार रहेको छ । संस्थामा ३२ जना महिलासहित ६४ जना कर्मचारी रहेका छन् ।
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...
बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददातानेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...
दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...
कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाताकालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...