आँखाको दृष्टि फर्किएपछि मेलुङबासीमा छाएको खुसी
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखा,
दोलखाको मेलुङ सम्पन्न निःशुल्क आँखा शिविरमा ४७ जनाको मोतियाविन्दुको शल्यक्रिया सम्पन्न भएको छ । गत २० गतेबाट सञ्चालन भएको आँखा शिविरमा गाउँपालिकाका १ हजार बढीले सेवा लिन सफल भएको गाउँपालिकाले जनाएको छ ।
तिलगंगा आँखा प्रतिष्ठान, लायन्स क्लब अफ दोलखा, दोलखा लायन्स आँखा केन्द्र र मेलुङ गाउँपालिकाको संयुक्त आयोजनामा सम्पन्न आँखा शिविरमा ४७ जनाको मोतियाबिन्दु र ३ जनाको आँखामा मासु पलाएको सहित ५० जनाको अप्रेसन र हजाराँैले सेवा लिन सफल भएको गाउँपालिका उपाध्यक्ष गायत्री आचार्यले बताउनुभयो ।
गाउँपालिकाकै त्रिभुवन माविमा तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्ररोग विशेषज्ञ रिना बज्राचार्यको टोलीले आँखा अप्रेसन गरेको थियो ।
गत फागुन २० गतेदेखि पालिकाको सबै वडामा शिविर गरी शल्यक्रियाका लागि छनौट गरिएको थियो । गाउँपालिकामा रहेका ७ वटै वडाहरूमा भएको आँखा शिविरबाट मोतिया विन्दुको समस्या भएका व्यक्तिको अप्रेसन गरिएको थियो ।
गाउँपालिकाले शल्यक्रिया गर्नुपर्ने र गरिसकेका विरामीको लागि घरघरबाट सवारी साधनको सेवा र खानेवस्ने प्रवन्धसमेत गरेको थियो । आँखाको दृष्टि पाएसंगै धेरै जेष्ठनागरिकले खुसी व्यक्त गरेका छन् ।
आँखाको उपचार र शल्यक्रियापछि दृष्टि गुमाएकाहरुले दृष्टि फिर्ता पाएपछि गाउँपालिका बासीमा खुसी छाएको छ ।
राउत गाउँको रायोको साग
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...