तालिमपछि थपिएको उत्साहः भीमेश्वर नगरपालिका
11 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
भीमेश्वर नगरपालिका
दोलखा
केही वर्ष अघिसम्म घर धन्दामा सीमित भीमेश्वर नगरपालिका ५ की बबिता नेपालीको अहिले दैनिकी फेरिएको छ । घर धन्दामा सीमित नेपालीलाई विगत एक वर्षदेखि जिल्लामा हुने गरेका हरेक गतिविधिमा पञ्चेबाजा बजाउन भ्याइनभ्याइ छ । नगरपालिकाले पञ्चेबाजा बजाउने तालिम दिईएसँगै वडा नम्वर ५ का ११ जना महिलाको दैनिकी वविताको जस्तै छ ।। घरको काममा नै सीमित नेपाली आजभोलि जिल्लामा हुने उत्सव र महोत्सवका विभिन्न कार्यक्रममा पञ्चेबाजा वजाएर हिड्न पाउँदा निकै खुुसी बताउनुहुन्छ । वविताजस्तै २२ देखि ५० वर्षसम्मका महिलाहरु आजभोलि एउटै पोसाकमा पञ्चेवाजा बजाएर हिड्ने गरेका छन् ।
नगरपालिकाले प्रदान गरेका धेरै सिप विकास तालिम मध्ये पञ्चेबाजा तालिम निक्कै प्रभावकारी भएको भीमेश्वर नगरपालिका उपमेयर कमला बस्नेतको भनाई छ । उहाँका अनुसार चालुु वर्ष भीमेश्वर नगरपालिका वडा नं ४ का महिलाहरुलाई पनि पञ्चेबाजा तालिम दिएको छ । उनीहरुपनि पञ्चेबाजा बजाउन सिपालु भइसकेका छन् ।
अहिले नगरले महिलाहरुका लागि सवारी चालक सम्बन्धी तालिम प्रदान गरिरहेको छ भने सुकुल र चप्पल बुन्ने,हाते होजियारी,मुढा बनाउने,व्युटी पार्लर,सिलाई,बुुटिक,धुप बनाउने,अचार बनाउने,झोल साबुन बनाउने लगायतका प्रत्यक्ष आयआर्जन गर्न सकिने तालिम प्रदान गरिरहेको छ । नगरले महिलालाई व्यवासायिक बनाउन तालिमसंगै आवश्यक सामग्रीहरुसमेत सहयोग गर्दै आएको भीमेश्वर नगरपालिका महिला शाखा प्रमुख सुर्जा दहालले बताउनुुभयो ।
नगरपालिकाले प्रदान गरेको सिलाई तालिमकै कारण आफुलाई जिविको पार्जनमा सहयोग पुुगेको भीमेश्वर नगरपालिका ४ की चन्द्रावती बस्नेतको भनाई रहेको छ । नगरले तालिम प्रदान नगरेको भए जीविकोपार्जनमा निक्कै समस्या हुुने समेत बताउनुभयो
नगरपालिकाले तालिम मात्रै दिएको छैन् उनीहरुलाई व्यवसाय सञ्चालन गर्नका लागि आवश्यक पर्ने सामाग्रीहरु पनि दिने गरेको छ । तीन महिने तालिमसँगै सिलाई व्यवसाय गर्नका लागि मिसिन पाएपछि व्यवसाय गर्न सहज भएको भीमेश्वर नगरपालिकाकी सुमीना थामीले खुसी व्यक्त गर्नुभयो ।
। नगरले स्थानीय स्रोत र साधनलाई परिचालन गर्दै आवश्यकताका आधारमा तालिम प्रदान गरेकाले तालिम जीवनउपयोगी र प्रभावकारी पाइएको सामाजिक अभियन्त राजन बस्नेतको भनाइ छ ।
नगरपालिकाले आफनो वार्षिक निति तथा कार्यक्रममा व्यवस्था गरेरै क्षमता विकास तालिम प्रदान गर्दै आएको छ । नगरपालिकाले तालिम धेरैलाई प्रदान गरिएको र तालिमको प्रभावकारीता र थप आवश्यकता पहिचानका लागि नियमित अनुुगमन गरिरहेको भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेतले बताउनुुभयो ।
‘सिप ठाउँठाउँमा; लगानी मेरो गाउँमा’ भन्ने नारा बोकेको नगरले विदेशमा सिकेको सिप समेत भीमेश्वरकै भूमिमा प्रयोग गरी व्यावसायिक र आत्मनिर्भर बनाउन पहल गर्ने नीति लिएको छ । व्यवसाय गर्नेलाई आर्थिक अभाव हुन नदिने र सधै नगरले प्रोत्साहन गरिरहने नगर प्रमुुख ईश्वर नारायण मानन्धरको भनाइ छ ।
नगरपालिकाले प्रदान गरेको तालिमकै कारण धेरै नागरिकको जीविकोपार्जनमा सहयोग पुगेको छ । यसलाई थप प्रभावकारी बनाउनका लागि उत्पादनका क्षेत्रहरु पहिचान गरी स्थानीयको क्षमता,पूँजी र सिप अनुसारको कार्यक्रम सञ्चालन गर्न नगरले योजना बनाएर काम शुरु गरेको भीमेश्वर नगरपालिका वडा नं ४ का वडाध्यक्ष एवम नगरपालिकाका प्रवक्ता तारानाथ चौलागाईले बताउनुभयो ।
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...
बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददातानेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...
दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...
कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाताकालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...