वनभोजसहित तेस्रो नगर परिषद सम्पन्न
12 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
नेपाल राष्ट्रिय शिक्षक संगठन भीमेश्वर नगर समिति दोलखाले वनभोजसहित तेस्रो नगर परिषद सम्पन्न गरेको छ । संगठनमा आवद्ध शिक्षकहरु बीच आत्मियता बृद्धि गरी सबै तहमा सशक्त सङ्गठन निर्माणमा सहायोग पुगोस भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको भीमेश्वर नगर समितिका अध्यक्ष राजन कार्कीले बताउनु भयो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय उपाध्यक्ष एवम वागमती प्रदेश इन्चार्ज शङ्करलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षक संगठनमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्ने भीमेश्वर नगरका ४७ जना शिक्षकको सम्मान गरिएको छ । कार्यक्रमको अवसर पारेर सेवा निवृत्त ७ जना,दीर्घसेवी १२ जना,प्रधानाध्यापक १८ जना र स्थायी नव प्रवेसी १० जनालाई सम्मान गरिएको हो । शनिबार सम्पन्न कार्यक्रममा ८ जना नयाँ शिक्षकहरुले संगठनको सदस्यता लिएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले विद्यालयमा रुपान्तरणकारी नेतृत्वका लागि संगठनमा आवद्ध शिक्षक इमान्दार भएर लाग्न आग्रह गर्नुभयो । अबका दिनमा संगठनलाई सशक्त बनाउन र शैक्षिक सुधारको कार्यक्रम लिएर विद्यालय तहसम्म पुग्ने अभियान शुरु गरेकोले सबैले सकेको सहयोग गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रको अवसरमा नेकपा एमाले जिल्ला कमिटि दोलखा अध्यक्ष नर बहादुर श्रेष्ठ,नेकपा एमाले वागमती प्रदेश कमिटि सदस्य बालकृष्ण शिवाकोटी, नेकपा एमाले दोलखाका सचिव स्वयम बहादुर खड्का, गौरीशङ्रकर बहुमखी क्याम्पस दोलखाका प्रमुख शान्त केसी,ुभीमेश्वर नगरपालिका वडा नं २ का वडाध्यक्ष स्टालिन श्रेष्ठ,शिक्षक महासंघ जिल्ला समिति दोलखाका सदस्य सूर्य चौलागाई,सम्मानित शिक्षक अम्बिका कार्की लगायतले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।
नगर परिषदमा साङ्गठनिक प्रतिवेदन भीमेश्वर नगर समितिका सचिव राजन ढुङ्गेलले प्रस्तुत गर्नुभएको थियो । नेपाल राष्ट्रिय शिक्षक संगठन भीमेश्वर नगर समिति दोलखाका अध्यक्ष राजन कार्कीको अध्यक्षतामा सम्पन्न वनभोज तथा नगर परिषदमा नगरपालिकाका १ सय ९५ जना शिक्षकको सहभागिता रहेकोनेपाल राष्ट्रिय शिक्षक संगठन भीमेश्वर नगर समिति दोलखाले जनाएको छ । भीमेश्वर नगरपालिका खोर्थली सामुदायिक वन क्षेत्रमा रहेको वनभोज स्थलमा कार्यक्रमको आयोजना गरिएको भीमेश्वर नगरसमितिले जनाएको छ ।
कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रमसहित मनोरञ्जनात्मक कार्यक्रम गरिएका थिए ।
दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटनप्रर्वद्धन गर्न गर्ने उदेश्यले नयावर्ष...
ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा लामोसमयदेखी चुनौतीको रहेको ढल व्यवस्थापनको काम अघि बढेपछि बजारबासीलाई सहज भएको छ । एशियाली विकास बैकको...
सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग
समदृष्टि अनलाइन संवाददातादोलखाको कालिञ्चोक गाउँपालिकामा गठन भएको सहकारी सञ्जालले प्रधानमन्त्री दैवीप्रकोष उद्धार कोषमा २ लाख ६ हजार ५ सय ४६...
९ बुँदे घोषणापत्रसहित सितली कार्यशाला सम्पन्न
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले दोलखाको ९ बुँदे घोषणापत्र सहित २ दिने सितली कार्यशाला सम्पन्न भएको छ । टोल र जनताका...
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...