भर्खरै प्रकाशित: जनसचेतनको ३२ औँ स्थापना दिवसः सामाजिक सद्भावका कार्यक्रम सञ्चालन चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह सुनखानीका मन खाने नानी सार्वजनिक हुँदै ………. भीमेश्वरमा चाडपर्व लक्षित बजार अनुगमन शुरु दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा

आकर्षणको केन्द्र बन्दै भक्तपुरको जुरिच

7 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

दोलखा, चैत १७

जुरिचको दीक्षान्त समारोह एवम अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । भक्तपुर–सूर्यविनायक ३ नयाँ बस्तीको जुरिच किन्डर गार्डेनले शनिवार आफ्नो बार्षिक उत्सव मनाएको हो ।
विद्यालय स्थापना भएको सातौँ वार्षिक उत्सवको अवसरमा युकेजी पुरा गरेका विद्यार्थीहरुलाई दीक्षित गर्दै शैक्षिक विकासमा उत्कृष्ट काम गर्ने शिक्षक, कर्मचारी, असल अभिभावकलाई सम्मान गरेको छ ।
कार्यक्रमको अवसर पारेर विद्यालयका आया र सवारी चालकलाई समेत सम्मान गरिएको थियो भने विद्यालयमा आयोजना गरिएको अतिरिक्त क्रियापकलापमा उत्कृष्ट स्थान हाँसिल गर्ने विद्यार्थीलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको विद्यालयका प्रिन्सिपल अमृत राउतले बताउनुभयो । समयको आवश्यकताअनुसार संस्कारयुक्त गुणस्तरीय शिक्षाको अभियान जुरीचले शुरु गरेको उहाँले बताउनुभयो ।


कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत,पत्रकार ,अभिभावक र विद्यार्थीको उपस्थिति रहेको थियो ।
मन्टेश्वरी तालिम प्राप्त,दक्ष र अनुुभवी शिक्षकहरुको व्यवस्थापनकै कारण विद्यालय अभिभावकको आकर्षणको केन्द्र बन्दै गएको विद्यालयको दावी छ । पठनपाठनका अतिरिक्त आगामी शैक्षिक वर्षबाट विद्यालयले ष्यक र बलमचयष्म बउउ मार्फत सम्पुर्ण कुराको जानकारी गराउने योजना विद्यालयको रहेको छ । नृत्य र योगा कक्षाका अतिरिक्त यो वर्षबाट कराँते तालिमका कक्षाहरु समेत विद्यालयले सञ्चालन गर्ने छ ।
वि.स. २०७४ सालबाट सञ्चालन गरिएको जुरिचमा पछिल्लो समय अभिभावक तथा विद्यार्थीको आकर्षणको केन्द्र बन्दै गएको विद्यालयले जनाएको छ । ७ जना विद्यार्थीबाट शुरु गरिएको विद्यालयमा हाल ६६ जना विद्यार्थी रहेका छन भने आगामी दिनमा डेकियर सहित थप २ कक्षा सञ्चालन गर्ने योजना रहेको प्रिन्सिपल राउतको भनाइ छ ।
विद्यालयमा हाल प्ले ग्रुप,नर्सरी,एलकेजी र यूकेजीका कक्षाहरु सञ्चालनमा रहेका छन् ।

भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददाता

  दोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...

असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...

चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाता

  दोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...

स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददाता

साहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...

दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाता

भानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...

सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाता

ऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...

.