सहकारी दिवसको अवसरमा नेफ्स्कुुन दोलखामा अन्तरक्रिया
1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
६७ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा दोलखा जिल्ला बचत तथा ऋण सहकारी संस्थाले सहकारी संस्थाहरुबीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । संस्थाको फिल्ड कार्यालयको सभाकक्षमा जिल्लाका सहकारी अभियानकर्मीका बीच वर्तमान सहकारीको अवस्था विषयमा अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि का अध्यक्ष चन्द्र प्रसाद ढकालले नेफ्स्कुुनको वर्तमान सञ्चालक समितिको एकसय दिनका उपलब्धिका सन्र्दभमा जानकारी गराउनुभएको थियो । सय दिनको अवधिमा सुशासन विकास र समृद्धिका लागि आशा लाग्दा कामको शुरुवात गरिसकेको अध्यक्ष ढकालको भनाइ छ । “संरचनात्मक जटिलताले कतिपय नतिजा आउन समय लाग्ला तर सबैले अनुभूत गर्नसक्ने नतिजा दिन क्रियाशील र प्रतिवद्ध छौँ ।” उहाँले विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रोफ्स्कुन वागमती प्रदेश महासचिव जीवसराज खड्काले वर्तमान समयमा भाखा नाघेको ऋण चुनौतिको रुपमा रहेको भन्दै योजना बनाएर केन्द्रले नेतृत्व गर्न नेफ्स्कुुन केन्द्रलाई सुझाव दिनुभयो । कार्यक्रममा जिल्लाका सहकारी अभियानकर्मीले सहकारीको वर्तमान अवस्थालाई सुल्झाउन केन्द्रको अभियान र कार्यक्रमका विषयमा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष देवी प्रसाद शर्मा,दोलखा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष जगत प्रसाद सुवेदी,पूर्व अध्यक्ष रामदास श्रेष्ठ, जिल्लाका सहकारी संघसंस्थाका प्रमुख एवम प्रतिनिधि,मिलिजुली कालिञ्चोक सहकारी,हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था,जनहित बहुुुउद्देश्यीय सहकारी,परोपकार महिला सहकारी,जुनतारा कृषि सहकारी,चरिकोट बहुउद्देश्यीय सहकारी लगायतका प्रमुख एवम प्रतिनिधिको सहभागिता रहेको थियो ।
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...