दोलखामा आयुर्वेदिक उपचारतर्फ आकर्षण बढयो
10 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाताआयुर्वेदिक उपचारतर्फ आकर्षित गराउन बाग्मती प्रदेश सरकारले विभिन्न योजनाका साथ दोलखामा स्वास्थ्य सेवा प्रवाह गरेको छ ।
प्राकृतिक पद्धतीबाट उपचार गरी सेवा प्रवाह गर्न बागमती प्रदेश सरकारबाट प्राप्त १ करोड बजेटबाट विभिन्न कार्यक्रम सञ्चालन गदै आएको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा.मनोज कुमार चौधरीले बताउनुभयो ।
थप सेवा सुविधा सहितको योजनाका साथ स्वास्थ्य उपचार गर्न थालेपछि उपचार गर्न आउने बिरामीको सङख्या दैनिक रुपमा बढदै गएको छ ।
बाग्मती प्रदेश सरकारले जिल्लामा २३ थरी औषधी ५ प्रतिशत छुटमा सशुल्कमा प्रदान गदै आएको छ ।
प्रदेशबाट पठाइएको औषधी अभाव भएमा खरिद गर्न यस आर्थिक वर्षमा ५ लाख बजेट पठाएको डा. चौधरीको भनाई छ ।
अन्य स्वास्थ्य संस्थामा उपचार गराउदा ठीक नभएपछि आयुर्वेदिक पद्धतीबाट उपचार गराउन आउने बिरामी दैनिक ४०देखी ४५ जना हुने गरेका छन ।
त्यस्तै स्वास्थ्य केन्द्रले पालिका स्तरमा विभिन्न कार्यक्रम पनि सञ्चालन गरेको छ । यस आर्थिक वर्षको हालसम्म महिला स्वयंसेविकालाई सचेतना कार्यक्रम, भान्साघर औषधालय कार्यक्रम, प्रदुषणबाट उत्पन्न स्वास्थ्य समस्या न्युनिकरण गर्न ट्राफिक प्रहरीलाई सचेतना कार्यक्र सम्पन्न गरेको स्वास्थ्य केन्द्रले जनाएको छ ।
त्यसैगरी मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, मेला महोत्सवमा आयुर्वेदिक जडिबुटी प्रदर्शनीको कार्यक्रम सम्पन्न गरेको हो ।
स्वास्थ्य केन्द्रले पुर्ण कर्म सेवा, अकुपञ्चर सेवा, अग्नि कर्म सेवालाई थप विस्तार गदै आएपछि सेवा लिन आउने सङख्या बढेको स्वास्थ्य केन्द्रले जनाएको छ ।
दोलखा जिलु गाउको डोकोको कथा
6 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...
प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाताप्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...