दोलखा समाज अमेरिका गठन
10 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददातानेपालको दोलखा जिल्ला स्थाई घर भई अमेरिकामा(न्यूयोर्क) बस्दै आएका दोलखालीहरु संगठित भएका छन् । आपसी हित र विविध किसिमका सामाजिक कार्य गर्ने उद्देश्यले दोलखा समाज अमेरिका गठन भएको छ । आज न्यूयोर्कमा भएको भेलाले भोजराज थोकरको अध्यक्षतामा एघार सदस्यीय कार्यसमितिको घोषणा गरेको छ ।
समाजको उपाध्यक्षमा राजकुमार चौलागाई, सचिवमा भूपेन्द्र थापा, कोषाध्यक्षमा प्रकाश थापा र सदस्यहरुमा शान्त थोकर, तारादेवी चौलागाई, मनोज थोकर, शिव जिरेल, लादोर्जे लामा, सूवर्ण लामा र मोहनकृष्ण श्रेष्ठ रहनुभएको छ ।
जिल्लाबासीहरुबिच आपसी चिनजान र भाइचारा अभिवृद्धिका लागी नेपाली चाडपर्वहरुको अवसरमा भेला हुने र परेका बेला र अन्य समयमा पनि जिल्लामा सरसहयोगका कार्यक्रम गर्ने उद्देश्यले हाललाई न्यूयोर्क क्षेत्रका साथीभाई जम्मा भइ औपचारिकता दिइएको र पछि सबै राज्यमा बस्ने दोलखालीलाइ समेटिने अध्यक्ष भोजराज थोकरले बताउनुभयो । समाज गैरराजनीतिक र गैरनाफामुलक सामाजिक संस्थाको रुपमा रहने र ५०१ (सी) अन्तर्गत रहने पनि थोकरले जानकारी दिनुभयो ।
उलेख्य मात्रामा लामो समयदेखी अमेरिका बस्दै आएका भएतापनि दोलखालीहरु औपचारिक रुपमा संगठित हुन सकिरहेका थिएनन् । खासगरी खादामालाका लागी धेरै संगठनहरु खुल्ने भीडमा यो थप एक संस्था हुने नभइ आफ्नो जरासम्म जोडिनका लागी समाजको उपादेयता रहेको सचिव भूपेन्द्र थापाको भनाई छ ।
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...
बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददातानेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...
दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...
कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाताकालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...