रातो मच्छिन्द्र नाथको रथ तान्ने जात्रा ऐतिहासिक दोलखा बजारमा आजबाट सुरु
6 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाताप्रत्येक वर्ष कृष्णपक्षदेखी नौ दिनसम्म मनाइने रातो मच्छिन्द्र नाथको रथ तान्ने जात्रा ऐतिहासिक दोलखा बजारमा आजबाट सुरु भएको छ ।
डोकुलुङगामा रहेको रातो मच्छिन्द्रलाई पुर्णिमाको दिन दुधले नुहाएर पिङगल टोलमा मुर्तिलाई बाजागाजा सहित रथारोहण गरिएपछि रथ तान्न सुरु गरिएको हो ।
मल्लकालिन सभ्यताको रुपमा तत्कालिन मल्ल राजा जयदेवले सुरु गरेको यो जात्राले रोग व्याधी नलागोस ,देशमा खडेरी नपरोस,अनिकाल नपरोस, देश र जनतालाई कुनै विपत्ती नपरोस भन्ने कामना सहित लोकेश्वर करुणामयको आराधना स्वरुप रथलाई एक सातासम्म सहरको विभिन्न भागको परिक्रममा गराउने प्रचलन रहेको छ ।
रथलाई नकछेटोल, कोर्छेटोल ,टसिचा, माथिल्लो टोल, ढुङगल,पिङगल, नकछें टोल हुदै आठौ दिन डोकुलुङगा टोलको मच्छिन्द्रनाथको मन्दिरमा पु¥याईजात्रा समापन गरिने स्थानीय बासीको भनाई छ।
विस सम्वत १५७५ देखी राजा नन्ददेवले सुरु गरेको जात्रा अहिले भने स्थानीय कालिञ्चोक युवा क्लबले निरन्तरता दिदै आएको छ ।
भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददातादोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...
असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...
चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...
स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददातासाहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...
दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाताभानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...
सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाताऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...