निजी अस्पतालको निशुल्क उपचार सेवा
10 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
२०८० सालको अन्तिम दिन दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ४ की ३५ बर्षिया कविता भण्डारी २२ दिनको छोरालाई खोप लगाउन स्वास्थ्य संस्था जाने तयारी गर्दै थिईन । अस्पताल आउने तरखर गर्दैगर्दा कविताका ५ सन्तान मध्ये माहिला छोरा छिमेकीको घरबाट भुइमा बजारिए,दुबै हात चलाउन सकेनन् । चरिकोट स्थित एक अस्पतालमा पुगे, प्राथामिक उपचार पछि दुवै हातको शल्यक्रिया गर्नु पर्ने भयो । चिकित्सकले काठमाण्डौं जान सुझाए, लेवर काम गर्ने विक्रमका बुवाले काठमाण्डौं झट्ट लगि हाल्ने आँट गरेनन् । अनि उनी उपचार कै लागि चरिकोटकै च्छो–रोल्पा अस्पताल आईपुगे ।
प्राथामिक उपचारपछि च्छो–रोल्पा अस्पतालले शल्यक्रियाको लागि फलोअपमा बोलायो तर छिटो र निःशूल्क उपाचारको आशले विक्रमका बुवाले उनलाई बैशाख १० गते बनेपाको एक अस्पतालमा पु¥याए । अस्पतालले जटिल शल्यक्रिया गर्न तत्काल धरौटी राख्न अनुरोध ग¥यो । निःशूल्क उपचारको आशले गएका विक्रमका बुवा त्यहाँबाट निराश हुदैं घर फर्किए र पुनः च्छो–रोल्पा अस्पताल आईपुगे ।
बिक्रमको उपचार जटिल र खर्चालु भएपनि उनको पारिवारीक अवस्था नाजुक रहेकोले अस्पतालले बैशाख १२ गते निशुल्क सल्यक्रिया गरिदिएको अस्पतालका मेडिकल डाईरेक्टर डा. विनोद दंगालले बताए ।
विरामीको बाबुले आर्थिक अवस्था नाजुक भएकोले उपचारमा समस्या रहेको भनेपछि हामीले विरामीको निशुल्क अप्रेशन गरिदिएका छौ– अस्पतालका मेडिकल डाईरेक्टर डा. विनोद दंगालले भने । डा. दंगालका अनुसार विरामीको जटिल शल्यक्रिया गर्न करिव डेढ लाख खर्च लाग्ने थियो । डाक्टर दंगालले आर्थिक अभावकै कारण कोही उपचारबाट बञ्चित हुन नपरोस भनेर शल्यक्रिया नरोकेको बताउनु हुन्छ । डाक्टर दंगाल भन्नुहुन्छ –विपन्न वर्गका मानिसलाई आर्थिक समस्या भएकै कारण उपचारबाट वञ्चित गराउनुहुदैन ।
भीमेश्वर नगरपालिकामा अनुरोध गरेपछि थोरै रकम दिने आश्वसन पाएको र स्थानीय केही व्यक्तिले समेत सहयोग गरेकोले त्यो रकमबाट औषधि किनेको विक्रमको आमा कविता भण्डारीले बताउनु भयो । च्छो–रोल्पा अस्पतालले निशुल्क शल्यक्रिया सहितको सेवा दिएर बिक्रमको उपचार गरीदिएको भण्डारीले बताउनु भयो । नीजि अस्पताल भैकन च्छो–रोल्पा अस्पतालले निशुल्क उपचार गरेर आफ्नो परिवारलाई गुन लगायको उनको भनाई छ ।
दोलखा जिलु गाउको डोकोको कथा
5 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...
प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाताप्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...