भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

भावी सञ्चालकको क्षमता बढाउँदै जनसचेतन

1 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

जनसचेतन बचत तथा ऋण सहकारी संस्था दोलखाले भावी सञ्चालकका लागि नेतृत्व विकास तालिमको आयोजना गरेको हो । संस्थाको सञ्चालक समिति,लेखा सुपरीवेक्षण समिति र विभिन्न उपसमितिका भावी सञ्चालकहरुको नेतृत्व विकासका लागि चरिकोटमा तालिमको आयोजना गरेको सहकारीले जनाएको छ ।
जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष देवी प्रसाद शर्माको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको तालिम कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले सहकारीलाई कुशलतापूर्वक सञ्चालन गरी लक्ष्य प्राप्त गर्न कुशल नेतृत्वको आवश्यकता औल्याउँनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो,“सहकारीको उद्देश्य पूरा गर्न नेतृत्वमा आफ्नो जिम्मेवारीप्रतिको बोध,लगनशीलता र इमानरीताको गुण हुनुपर्छ।” उहाँले वर्तमान समयमा सहकारीमा देखिएका समस्या न्युनीकरण गरी सहकारी अभियानलाई थप प्रभावकारी बनाउन नेतृत्वको भूमिका महत्वपूर्ण भएकाले तालिम कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।


कार्यक्रममा सभाध्यक्षको रुपमा रहनु भएका जनसचेतन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हेमन्त चौलागाईँले व्यावसायिक चरित्र भएको निस्वार्थ र इमान्दार योग्य सञ्चालकको सिप विकासका लागि तालिमको आयोजना गरेको बताउँदै असल नेतृत्वबाट नै सहकारी सफलताको आशा गर्न सकिने धारणा राख्नुभयो ।
कार्यक्रममा सहकारीका प्रमुख कार्यकारी अधिकृत नवराज दहालले सहकारी संस्था र सञ्चालकहरुको योग्यताका बारेमा जानकारी गराउनु भएको थियो भने तालिम प्रशिक्षक प्रकाश प्रसादले सहकारी सञ्चालकमा हुनेपर्ने गुण र योग्यताका विषयमा सहजीकरण गर्नुभएको थियो ।


एक दिवसीय तालिममा जिल्ला भरका विभिन्न सेवा केन्द्रका १५ महिलासहित ४५ जना भावी सञ्चालकको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला सहकारी संघ दोलखाका वरिष्ट उपाध्यक्ष कृष्ण प्रसाद दहाल,जनसचेतन बचत तथा ऋण सहकारीसंस्थाका वरिष्ठ उपाध्यक्ष गोपालध्वज श्रेष्ठ,जनसम्पर्क अधिकारी राजन दहाल लगायत सहकारीका सञ्चालक र भावी सञ्चालकको सहभागिता रहेको थियो ।संस्थाको मुख्य कार्यालय मैनापोखरी बजारमा रहेको छ । जहाँ साँढे ४ तलाको सुविधा सम्पन्न भवनबाट सेवाका कार्यक्रम सञ्चालन हुँदै आएको छ भने मुख्य कार्यालयसहित १७ वटा सेवा केन्द्रबाट सेवा दिँदै आएको छ । संस्थामा हाल ४० हजारको नजिक शेयर सदस्य रहेका छन् । पछिल्लो तथ्याङक अनुसार २ अर्व ४८ कारेड ९२ लाख ६६ हजार बराबर संस्थाको कारोबार रहेको छ । संस्थामा ३२ जना महिलासहित ६४ जना कर्मचारी रहेका छन् ।

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.