तरकारीमा आत्मनिर्भर मकैबारी
8 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददातादोलखाको भीमेश्वर नगरपालिका–७ मकैवारिका किसानहरूले गरेको बेमौसमी रायो साग खेतीबाट करोडौँ आम्दानी गर्न सफल भएका छन् । अरू तरकारीभन्दा बेमौसमी रायो साग खेतीमा करोडौँको आम्दानी भएकाले किसान यसप्रति बढी आकर्षित भएका हुन ।
बेमौसमको रायोको साग प्रतिकिलो ६० रुपियाँमा बिक्री हुने गरेको छ । करिब तीन महिनाको अवधिमा सागबाट मात्र पाँच लाख रुपियाँको बिक्री भएको स्थानीय व्यापारीको भनाई छ ।
दुई रोपनीमा गरेको रायो खेती अहिले नौ रोपनीमा गरिएको स्थानीय कृषक कल्पना राउतले बताउनुभयो । साग मात्र पाँच लाखको बिक्री भइसकेको उहाँको भनाई छ ।
दोलखाको मकैबारीबाट हरेक दिन ५ देखी ६ ट्रक साग काठमाडौको कालामाटी जाने गरेको छ ।
बेमौसमको रायोको साग प्रतिकिलो ६० रुपियाँमा बिक्री हुने गरेको छ । बेमौसमीको भएकाले महँगोमा बिक्री भइरहेकाले आम्दानी राम्रो भइरहेको स्थानीय कृषकहरुको भनाई छ ।
यस स्थानमा २ सय घरधुरीले रायोको साग खेती गरेका छन भने हजार भन्दा बढी युवायुवतीले रोजगारी समेत पाएका छन ।
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददातापुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...