भर्खरै प्रकाशित: दोलखा जिलु गाउको डोकोको कथा प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे शिक्षक भलिबल प्रतियोगिताको तयारी पूरा स्वर्ण महोत्सव मनाउँदै हिलेपानी संस्कृत मावि  कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन दोलखाका छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान

उज्यालो भविष्य संस्थाद्वारा विशिष्ट व्यक्तिको सम्मान ।

8 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

उज्यालो भविष्य नामक संस्था दोलखाले स्थापनाको १० औ वर्ष पूरा भएको अवसरमा विभिन्न व्यक्तिहरुको सम्मान गरेको छ । काठमाण्डौँमा आयोजना गरिएको कार्यक्रममा विभिन्न क्षेत्रमा विशिष्टता हासिल गरेका उत्कृष्ट १० जना व्यक्तिहरुलाई सम्मान गरिएको संस्थाका अध्यक्ष राजन बस्नेतले बताउनुभयो ।


सम्मानित हुनेमा वरिष्ठ पत्रकार चिरञ्जीवी मास्के, बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, साहित्यकार दामोदर प्रसाद न्यौपाने, शताब्दी पुरुष (एक सय दुई बर्ष) हरि बहादुर वस्नेत, सोलुखुम्बु लिखुपिके गाँउपालिका प्रमुख मिना कार्की वस्नेत,समाजसेवीहरु सविता उप्रेती, हेमा मानन्धर, खड्ग शिवाकोटी, मोहन खत्री र माया थामीलाई कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हित बहादुर तमाङ्ले सम्मान गर्नु भएको हो ।

मानव सेवा, पर्यटन विकास, शैक्षिक जागरण, महिला तथा बाल बालिकाको अधिकार लगायतका क्षेत्रमा क्रियाशील उज्यालो भविष्य संस्थाका अध्यक्ष राजन वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं सांसद गंगा कार्की, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, नेपाली कांग्रेसका नेता तारा बहादुर कोईराला, जिल्ला विकास समितिका पूर्व सभापति रुद्र बहादुर खड्का, नेपाली कांग्रेसका महासमिति सदस्य एवं तरुण दलका नेता सन्तोष पाण्डे, क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता बद्री कुमार चौलागाई, नेकपा एमाले दोलखा काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष उमेश खड्का, नेपाली कांग्रेस दोलखा काठमाडौँ सम्पर्क समितिका सभापति सरोज शिवाकोटी, नेपाल प्रेस युनियनका केन्द्रीय सचिव लालकुमार मोक्तान लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

दोलखा जिलु गाउको डोकोको कथा
4 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  दोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...

प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाता

प्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददाता

नेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...

वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि  द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

.