भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

कालिनाग मन्दिर परिसरमा महान सत्संग समारोह

11 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

नेपाल मानव धर्म सेवा समिति दोलखा शाखा आश्रमको आयोजनामा सुनखानीको कालिनाग मन्दिरमा महान सत्संग समारोह सम्पन्न भएको छ । भौतिक र आध्यात्मिक सन्तुलन कायम गरी शान्ति र सम्बृद्धिका लागि कार्यक्रम आयोजना गरिएको नेपाल मानव धर्म सेवा समिति दोलखा शाखा आश्रम दोलखाका उपाध्यक्ष गौतम शिवाकोटीले बताउनुभयो ।
कालिञ्चोक गाउँपालिका वडा नं ८ मा रहेको कालिनाग मन्दिर परिसरमा ब्रम्हज्ञानी सन्तमहात्माको उपस्थितिमा महान सत्संग कार्यक्रम गरिएको हो ।

कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा केन्द्रीय वाइजीहरु महात्मा चमेली बाइजी,त्रिगुणा बाइजी,लता बाइजी,मानवी र विणा वाइजी र भक्ती संगीत केन्द्रीय सदस्य उत्तम गिरी लगायतले भक्ती संगीतमय प्रवचन दिनुभएको थियो ।

कार्यक्रममा बालसभाका सदस्यहरुले विभिन्न शास्त्रीय नृत्य प्रस्तुत गरेका थिए । सत्संग समारोहमा स्थानीय सरकारका प्रमुख एवम प्रतिनिधि,वडाध्यक्षहरु,नेपाल मानव धर्म चरिकोट शाखाका पदाधिकारी,दोलखाका विभिन्न भेग र भूगोलका भक्तजनहरुको बाक्लो उपस्थिति रहेको धार्मिक अभियन्ता नवराज शिवाकोटी बताउनुभयो ।

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.